४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सांसद गीता गुरूङ पदमुक्त



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङ पदमुक्त भएकी छन् ।

जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद बनेकी गुरूङलाई पछिल्ला ११ वटा बैठकमा लगातार अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो ।

नेपालको संविधानको धारा १८० को खण्ड घ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहने प्रदेशसभा सदस्यको पद रिक्त हुने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार गुरूङ पदमुक्त भएकी हुन् ।

यसअघिका पाँचौं अधिवेशनसम्मका ८३ वटा बैठकमध्ये ३४ वटा बैठकमा मात्र उपस्थित भएकी गुरूङ छैटौं अधिवेशनमा भने एउटा बैठकमा पनि उपस्थित भइनन् ।

उनी विगत साढे दुई महिनादेखि पार्टी र प्रदेश सभालाई जानकारी नदिई बेलायत बस्दै आएकी छन् । गुरूङ पदमुक्त भएपछि ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा अब ८६ जना सांसद रहेका छन् ।