४ भाद्र २०८३, बिहीबार
,
Latest
‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता



अ+ अ-

काठमाण्डौ: क्याटल (CATL)र फोटोन मोटरले गत फेब्रुअरी ८ तारिखमा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्ना १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुरुप अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्नेकाम सँगै गर्ने छन्।

उनीहरूले प्रविधि विकासअन्तर्राष्ट्रिय बजार विस्तारसवारीसाधन र ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ-आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन्। यो साझेदारी चीनको दुई ठूला कम्पनीहरू फोटोन मोटर (व्यावसायिक सवारी निर्माणकर्ता) र क्याटल (पावर ब्याट्री बनाउने कम्पनी)बीचको सहकार्य होजसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ।

फोटोन मोटरको स्थापना सन् १९९६ मा भएको हो र यो अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो। सन् २०२१ मा यसले विश्वभर १ करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो किर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्राण्डको रूपमा आफ्नो नाम बनाएको छ। फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छर यो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो। यसको सेवा तथा उत्पादन १३० भन्दा बढी देशहरूमा उपलब्ध छन्।

क्याटल भनेको विश्वमै अग्रणी न्यू इनर्जी प्रविधि कम्पनी हो। यसले विश्वभर न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ। क्याटलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ। यसको क्याटल टेकट्रान्स(CATL TECTRANS)ब्रान्डले लजिस्टिक्स रसार्वजनिक यातायातका क्षेत्रमा विस्तृत उपयोगिताहरू प्रदान गर्दै बसहल्का तथा भारी ट्रक र निर्माण उपकरणहरूको लागि लामो दूरीफास्ट चार्जिङर लामो आयु हुने ब्याट्री सोलुसन्स दिन्छ।

चीनको सभ्यतामा आधारित भए तापनिविश्व संस्कृतिलाई अँगाल्दै क्याटल र फोटोन मोटरले आपसी सहकार्यको माध्यमबाट समृद्धि फैलाउने उद्देश्य राखेका छन्। भविष्यमा क्याटलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दैकमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ।