११ श्रावण २०८३, सोमबार
,
Latest
अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्यः राष्ट्रिय योजना आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार सिटौलाको जीवनमा आधारित ‘व्यष्टि र समष्टि’ पुस्तक विमोचित



अ+ अ-

काठमाडौँ। वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।

काठमाडौँमा सोमबार पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानबारे स्मरण गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले सिटौलाका बारेमा अझ ठूलो बृहत् पुस्तक निकाल्ने तयारी भइरहेको भन्दै यो पुस्तक उक्त बृहत् पुस्तकलाई पूर्णरूप दिन महत्वपूर्ण खुराक हुने बताउनुभयो ।

पुस्तक समीक्षा गर्दै प्रा डा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, चार अङ्ग्रेजीमा र चार शुभकामनासहित गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको बताउनुभयो ।

अर्का समीक्षक प्रा डा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि केलाउनुभएको थियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं पूर्वक्याम्पस प्रमुखसमेत रहनुभएका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उहाँ ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागि रहनुभएको त्यस अवसरमा जानकारी दिइयो ।

अमेरिकामा रहनुभएका सिटौलाले भर्चुअलमाध्यमबाट सम्बोधन गर्नुभएको थियो । पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गर्नुभएको हो । रासस




भर्खरै