७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै भन्दै तमासा देखाउँछन्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाउनुभएको टिप्पणी गर्नुभएको छ ।

सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उहाँको भनाइ छ । उहाँले ज्योतिषीहरु पात्रो पल्टाएर हजुरबुबा नभए नाती त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताउनु भयो । उहाँले राजतन्त्र समर्थकहरु राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर अब कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो । अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाती त पक्कै भन्छ फेरि । त्यसो भए हिँड भाई हो सडकमा भन्छ अर्काले । यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो ।’

जेठ १५ गते राजावादीहरुले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दैछन् । जसलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।