२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहले जनताको हितमा काम गर्नुपर्छः नेता सिटौला



अ+ अ-

मोरङ। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा सङ्घीय सरकारलाई राष्ट्रियसभाले ध्यानाकर्षण गराउने बताउनुभएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभा सचिवालय काठमाडौँद्वारा आज यहाँ आयोजित राष्ट्रियसभाका सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षबीचको समन्वय बैठक एवं अन्तरक्रियामा उहाँले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा केही समस्या देखिएकाले राष्ट्रियसभाको पूर्ण बैठकले यसबारे छलफल गरी निर्णय गर्ने बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता सिटौलाले संविधानअनुसार तीन तहको सरकार निर्माण भएको र स्थानीय निकायले समग्र रूपमा जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले स्थानीय तहमा देखिएका समस्या, कानुन कार्यान्वयनलगायतका विषयमा प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लग्ने विचार राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गोपीबहादुर सार्की अछामीले कानुन निर्माणमा तीन तहको क्षेत्राधिकार र हालको अवस्था, प्रशासनिक सङ्घीयता र जनशक्ति व्यवस्थालगायतका विषयमा जानकारी लिनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । रासस