११ श्रावण २०८३, सोमबार
,
Latest
डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा मानव अधिकार आयोगको अपिल भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कलेज आइडिया हन्ट २०२५’ आयोजना गरिने



अ+ अ-

काठमाडौँ। उच्च शिक्षा अध्ययनरत विद्यार्थीका नवीनतम् सोच समावेश गरेर ‘कलेज आइडिया हन्ट २०२५’ आयोजना गरिने भएको छ ।

आइडिया स्टुडियो नेपालले प्रत्येक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । ‘कलेज आइडिया हन्ट २०२५’का बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले बर्सेनि लाखौँको सङ्ख्यामा युवा विदेशिने गरेकाले त्यसलाई रोक्न उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई नवीनतम् सोचको प्रतिष्पर्धा गराई उत्कृष्टलाई उद्यमशीलताका लागि सहयोग गर्ने उद्देश्य रहेको बताउनुभयो । यसमा १७ वर्षदेखि ७० वर्षसम्मका व्यक्ति सहभागी हुने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारमा उतार्ने र सिर्जनात्मक युवा मस्तिष्कलाई उद्यमशीलताका लागि सहयोग गर्ने मुख्य लक्ष्य लिएर कार्यक्रम आयोजना गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा महानन्द चालिसेले नेपालमै धेरै अवसर छ भन्ने सन्देश दिन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले ‘शिक्षण होटल’ अवधारणाअनुसार त्यहीँ पढाउने र त्यहीँ काम गर्ने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । होटल व्यवस्थापन विषयका विद्यार्थीले विदेश गएर महिनामा तीनदेखि चार लाख रुपैयाँसम्म आय आर्जन गर्ने गरेकामा यहाँ भने रु १५ देखि २० हजारसम्म मात्र पाउने गरेकाले पनि शिक्षण होटलको अवधारणा अघि बढाउनुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका प्रमुख डा गोविन्द तामाङले पाठ्यक्रम संशोधन गरेर उद्यमशीलता समावेश गर्न लागिएको बताउनुभयो । सरकारले १६औँ योजनामा ‘स्टार्टअप’ बिना केही हुँदैन भन्ने मान्यता स्थापित गरेको उहाँले बताउनुभयो । रासस