९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

किन बयानका लागि अख्तियारमा धाइरहेका छन् चिरिबाबु

किन  बयानका लागि अख्तियारमा धाइरहेका छन् चिरिबाबु
अ अ+ अ-

पाटन ।ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताउनुभएको छ ।

आईतवार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताउनु भयो । राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्गा रहेको बताउनु भयो । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने बताउनु भयो । राम्रा काम गर्नेहरुमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताउनु भयो ।

प्रमुख महर्जनले भन्नुभयो, ‘यो मुलुकमा काम गर्न साह्रै अफ्ठ्यारो, साह्रै गाह्रो छ । कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिन जानुपर्छ । यहाँको खतरापूर्ण कुरा यो छ । मैले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी, पहिरो आयो । यसको मैले निरीक्षण गरेँ । निरीक्षणका क्रममा त्यहाँको मानिसहरुमा एक किसिमको रोई कराइ भयो । देखेँ । त्यसपछि म पनि धेरै दुःखी भएर फर्किएँ । महानगरको मेयरसम्म भएको अधिकार बमोजिम मैले उहाँहरुलाई तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेँ । तर त्यो सहयोग गरेको कुरामा मलाई अहिले पनि अख्तियारमा बयान दिनुपर्छ । अझै टुंगिसकेको छैन । यि र यस्तै कुराले गर्दाखेरि पनि यस्तो किसिमको राष्ट्रिय विपद् आइपर्दा पनि हामीले छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने कस्तो विडम्वना यो । यसलाई कसरी समाधान गर्ने ? त्यसमा सोच्नुपर्छ ।’

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरु काम पूरुा गरेको जिकिर गर्नुभयो ।