११ श्रावण २०८३, सोमबार
,
Latest
डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा मानव अधिकार आयोगको अपिल भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा नेपाली प्रसारक तिमल्सिना पुरस्कृत



अ+ अ-

काठमाडौँ। अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफएममा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना पुरस्कृत हुनुभएको छ ।

अष्ट्रेलियाका भाषाभाषीहरूको प्रसारक छाता सङ्गठन नेसनल इथ्निक एन्ड मल्टिकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एनएमबिसी) द्वारा हरेक वर्ष प्रदान गरिने ‘कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५’ बाट हालै उहाँलाई पुरस्कृत गरिएको हो ।

पुरस्कारका लागि अष्ट्रेलियाभरबाट विभिन्न आठ विधाबाट ५१ जना मनोनयनमा परेका थिए, जसमध्ये आफूलाई तीन विधामा मनोनयन गरिएकामा ‘कम्युनिटी इम्प्याक्ट अवार्ड’ प्रदान गरिएको तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँलाई उत्पादित कार्यक्रमको गुणस्तरीयता, दर्शक/स्रोतको प्रतिक्रियाको मूल्याङ्कन गरी ती सामग्रीले अष्ट्रेलियाली बहुसांस्कृतिक समुदायमा पु¥याएको सकारात्मक प्रभावका आधारमा उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

तिमल्सिनाले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी थपिएको र  समुदायप्रति आफू अझ कर्तव्यनिष्ठ हुन उत्प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो ।  उहाँ सन् २००८ मा अष्ट्रेलिया गएदेखि नै अष्ट्रेलियाका सामुदायिक रेडियोमा आबद्ध हुनुहुन्छ । रासस