काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजना भएको युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिप नेपालले काश्य पदक प्राप्त गरेको छ ।
८० केजी तौल समुहमा भारतका खेलाडीलाई हराउदै नेपालका सुरेश चुनाराले कास्य पदक प्राप्त गर्नुभएको छ ।
टोलीमा रहनु भएका राखेपका सदस्य सएबं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले न्यूजपोलारसंग भन्नुभयो ‘नेपालको कुस्ती ईतिहासमा आज एउटा नयाँ अध्याय सुरु भयो । पहिलो पटक नेपालले अन्तराष्ट्रिय प्रतियोगितमा पदक जितेको छ ।’

भारतको नयाँ दिल्लीमा मे २१ देखि प्रतियोगिता सुरु भएको छ । सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादवले नेपालबाट सहभागीता जनाउनु भएको छ ।
तीनै खेलाडी राखेपले सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहनु भएका खेलाडी हुन् । प्रशिक्षकमा मुम्ताज अली इद्रिसी हुनु हुन्छ ।











