२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसा व्यवस्थापनका लागि बजेट आवश्यक छ- महमदिन अली



अ+ अ-

नवलपरासी। मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले मदरसा व्यवस्थापन तथा विकासका लागि थप बजेट आवश्यक पर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित मरसा प्रवर्द्धन सामाजिक केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले मदरसा व्यवस्थापन तथा विकासका लागि अर्थ मन्त्रालयलाई थप बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

केन्द्रको रामग्राम नगरपालिका–८ का वडास्तरीय अध्यक्ष हैदरअलि मोमिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयोगका अध्यक्ष अलीले मदरसामा प्रयाप्त बजेट नहुँदा पूर्णरूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । मदरसामा अध्ययन गर्नेहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीलाई इमान्दारीका साथ मेहनत गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष अलीले प्रत्येक गाउँ टोलमा मदरसा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “मदरसामा कबरीसतान तथा मुस्लिम समुदायको समस्याका बारेमा छलफल गरी समाधान खोज्नुपर्छ । धार्मिक सहिष्णुता कायम राख्दै अन्य समुदायसँग सहकार्य र समन्वय आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । रासस