९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक

काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ । शनिवार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको भन्ने गुनासो गर्नुभएको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताउनु भयो । काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउनु भयो । अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिष्पर्धी पार्टीहरुबीको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म काँग्रेसको सरकार बनेन भन्नेकुरा छ । साथीहरुले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली काँग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिष्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरु उत्पन्न हुन्छन् । त्यसलाई तपाईंहरुले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’

गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताउनु भयो । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको बताउनु भयो ।