९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय
अ अ+ अ-

पाल्पा। घाटु नाच लोप हुँदै गएपछि यहाँका मगर समुदाय घाटु नाच संरक्षणमा जुटेका छन् ।

पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले बताउनुभयो । घाटु सदियौँ पुरानो संस्कृति भए पनि पछिल्लो पुस्तामा चासो नहुँदा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवाहरु जुटेको उहाँको भनाइ छ ।

विशेष गरी यहाँका निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ । हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ । विगतमा झै रौनक भने हराउँदै गएको निस्दी–७ ज्यामिरेका अशोक दिसुवाले बताउनुभयो । “हामी युवा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ, नयाँ पुस्ताको चासो कम छ”, उहाँले भन्नुभयो, “पुराना पुस्ता सकिँदै गए, अहिलेकालाई मोबाइलबाहेक अरु चाँहिदैन ।”

पूर्वखोला गाउँपालिकाका मगर बस्तीमा पनि घाटु जोगाउन पुराना पुस्ताहरु कस्सिएका छन् । उनीहरुले युवाहरुलाई साथमा लिएर घाटु नाच्ने गरेका छन् । नयाँ पुस्तालाई घाटु नाचप्रति आकर्षित गरी संस्कृतिलाई बचाउन बेलाबेलामा नाच प्रदर्शन गर्ने गरेको जल्पा ढोलीमाराकी ६० वर्षीया  फनिसरा कँवर बताउनुहुन्छ ।

“पछिल्लो समय हामीले ९ देखि १० वर्षका नानीहरूलाई सिकाइरहेका छौँ”, कँवरले भन्नुभयो । बजारका कला केन्द्रले पनि रिमिक्स गराएर घाटु नाच सिकाउने गरेका छन् । “हाम्रो गाउँमा जस्तो वास्तविकता अन्यत्र देख्न पाइँदैन”, पूर्वखोला–२, जल्पाकी भिमीसरा आलेले भन्नुभयो, “हामी सानो छँदा एक दिन एक रातसम्म नाचेको याद छ । तर, अहिले १०–१५ मिनेट मात्र देखाउने गरिन्छ ।”

घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाहरुले गाउने र घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराइकन गाउनुपर्ने भएकाले जो कोही गुरुमा बन्न नसक्दा हराउने हो कि भन्ने चुनौती देखिएको छ ।

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं. ३ को दुनीडाँडा, वडा नं. ४ को भोर्मा, मौलाथर, भिरपानी, वडा नं. ७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देवीनगर, विरकोटलगायतका स्थानमा घाटु नचाइन्छ ।

“घाटु नाचमा देवीदेवताको कथावस्तु हुन्छ । गाउँलेहरू धनुष लिएर हरिण मार्न जान्छन् । हरिण मारेपछि गाउँलेहरू खुकुरीले त्यसको छाला काढ्छन् । त्यसपछि राजालाई दिने चलन छ”, मौलाथरकी माया सारुले भन्नुभयो, “राजा खुसी भएपछि गाउँलेलाई वायुपंखी घोडा उपहार दिने गर्छन् ।”

उहाँका अनुसार यही खुसी मनाउन गाउँलेहरूमा घाटु नाच्ने चलन चलेको हो । घाटुमा मादल मात्र बजाइन्छ । मंगलाचरणमा विभिन्न देवीदेवताको नाम सम्झना हुन्छ । नाच नाच्नुअघि अक्षताले इष्टदेवी देवचुली, गङ्गाचुलीलगायतको पूजा गर्ने चलन छ । रासस