९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
अ अ+ अ-

स्याङ्जा । पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।

धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरुको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रुपमा परिचित रामनदीको ऐतिहासिक महत्व रहेकोे छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ भक्तजन आई नाचगान, पूजापाठ, आराधना गर्नेक्रम बढेसँगै यो ठाउँ धार्मिक गन्तव्यका रुपमा परिचित हुन थालेको रामनदीधाम संस्कृत गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

दैनिक पूजापाठका अतिरिक्त पाल्पा, स्याङ्जा, बाग्लुङ, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरुबाट समेत शवदहनका लागि कालीगण्डकी नदीतटस्थित पवित्र धार्मिकस्थल रामनदी धाममा ल्याइनेक्रम बढेको छ ।

कालीगण्डकी नदीलाई तीर्थको प्रतीकका रुपमा मानिएको, परापूर्वकालदेखि नै शवदहनस्थलका रुपमा प्रयोग गरिँदै आएको सो घाटमा अहिले दैनिक करिब ३० वटा शव जलाउने गरिएको छ । स्थानीयका अनुसार सिद्धार्थ राजमार्गको छेउमा पर्ने रामनदीधाममा २०१५ सालबाट नियमित घाटका रुपमा शवदहन गरिँदै आएको र पछिल्लो समय अन्त्येष्टि गरिनेको सङ्ख्या वृद्धि भएको छ ।

यसरी शव जलाउन ल्याउनेको सङ्ख्या वृद्धि भएसँगै नियमित सरसफाइको अभावका कारण वातावरणीय समस्या सिर्जना भएको महसुस गरी स्थानीय वडा तथा पालिकाले घाट सरसफाइमा ध्यान दिएको स्पष्ट गरेको छ ।

शव जलाउँदा निस्कने धुवाँको कारण रामनदी क्षेत्रको वातावरण प्रभावित भएकोे र कालीगण्डकी नदीको जलसमेत प्रदूषित भएको भन्ने गुनासो आउने गरेको बताउँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रामनदीलाई व्यवस्थित, वातावरणमैत्री र पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग अनुरोध गरेकाले अब काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

रामनदीमा शवदहन गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख भट्टराईले नदी किनारसम्म जाने बाटो पक्की बनाउन, खानेपानीसहित शौचालयको व्यवस्था गर्न, प्रतीक्षालय निर्माण गर्न पालिकाका तर्फबाट काम भइरहेको स्पष्ट गर्नुभयो ।

विधिपूर्वक शव जलाइसकेपछि नदी किनारमा छरपष्ट छाडिने पानीका बोतल, कपडा र अन्य फोहोरजन्य सामग्रीले पानी प्रदूषित हुने गरेकाले न्यूनतम सरसफाइमा ध्यान दिन पालिकाले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

यसैगरी, वर्षायामको समयमा नदीको बहाव बढ्दै जाँदा शव जलाउन कठिन हुने गरेको र कहिलेकाहीँ जलाउँदै गर्दा शवसमेत बगाउने गरेको दुखेसो मृतकका आफन्त तथा मलामीबाट गुनासो आउने स्थानीयको भनाइ छ ।

नगरप्रमुख भट्टराईले रामनदीधाममा उपयुक्त स्नानस्थल, व्यवस्थित शवदाहस्थल, किरियापुत्री भवन, शौचालय, खानेपानी समेटेर बृहत् योजना पेस गरेको र आगामी आर्थिक वर्ष २०८२÷८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट समेत बजेटको प्रबन्ध गर्ने आश्वासन प्राप्त भएकाले अब छिट्टै राम्दीले मुहार फर्ने र समग्र समस्या समाधान हुने बताउनुभयो ।

रामनदीघाटस्थित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुरुकुलका प्रधानाध्यापक बस्याल कालीगण्डकी नदी तटमा रहेको पवित्रस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन र शव दहनसहित घाट व्यवस्थापनमा सरोकार भएका सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ । रासस