२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए रोक



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयलाई पत्र पठाउँदै विदेशी विद्यार्थी भर्ना रोक्न भनेको हो । पत्रमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको छ । सो कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गरेको थियो ।

प्रशासनको चिठी अनुसार हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएसँगै एक विश्वविद्यालयबाट अर्कोका स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्नेछ ।

हार्वर्डले भने विज्ञप्ति जारी गर्दै यो निर्णय अन्यायपूर्ण र प्रतिरोधात्मक भएको जनाएको छ ।

हार्वर्डले विभिन्न तीन चरणमा गरेर सङ्घीय सरकारबाट पाउने अनुदान रोक्का गरिएको छ । यसै साता हावर्डको एलन गार्वरले आर्थिक संकट भएको बताउँदै पूर्व विद्यार्थीलाई सहयोगका लागि अपिल गरेका छन् ।

होमल्याड सेक्युरिटी डिपार्टमेन्टका सेक्रेटरी क्रिस्टी नोयमले सामाजिक सञ्जालमा लेख्दै हावर्डको पारदर्शिता शङ्कास्पद रहेको जनाएकी छन् ।