४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारेकोटमा पहिराले घर बगाउँदा १२ जना बेपत्ता



अ+ अ-

जाजरकोट । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् । 

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला  र  छ वर्षीय छोरा सुवास छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए। घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । 

त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको  बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । पानी नियमित परिरहेकाले सम्पर्क गर्न समस्या भएको बताइएको छ ।