काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा हानेको छ ।
विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टीम केहीबेरअघि कार्यालय पुगेको हो ।
अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले छापा हानेको बताइएको छ ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।










