९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’

‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक दिन जसो यो सरकार ढल्छ भन्ने हल्ला फैलाउने काम गरिएको बताउनुभएको छ ।

बुधबार बिहान प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेपालका राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाज मुलुकको विकास, समृद्धि र स्थायित्वको प्रश्नमा गम्भीर नभएको बताउनुभयो । जसले जे उद्देश्यका हल्ला चलायो त्यसैका पछाडि बहकिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । ‘अस्थिरतामा रमाउने जुन संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ’, उहाँले भन्नुभयो ।

जबसम्म दुईवटा पार्टी मिल्छन् तबसम्म सरकार केही हुँदैन भन्ने यथार्थलाई समेत नबुझी सरकार ढल्ने हल्ला चलाइएको उहाँले बताउनुभयो । ‘जबसम्म दुईवटा पार्टी बिच समझदारी हुन्छ, तबसम्म यो सरकार टिकी रहन्छ भन्ने कुरा त निश्चित नै छ त, दुईवटा पार्टीका बिचमा असमझदारी उत्पन्न भयो भने हल्ला गर्नै पर्दैन, दुईवटा पार्टीका बिचमा समझदारी हुँदासम्म सरकार परिवर्तन हुँदैन भन्ने कुरा पनि नबुझीकन सरकार परिवर्तनको हल्ला चलाउने खेतीपाती गर्ने काम भइराखेको छ, त्यसको उद्देश्य नेपाल राष्ट्रलाई कहिल्यै बलियो हुन नदिने स्वार्थी तत्त्वको प्रभावमा नेपाली समाज परिरहेको छ’, उहाँले भन्नुभयो ।

उहाँले जति अस्थिरताका कुरा हुन्छन् त्यति नै सुशासन कमजोर हुने र विकासका कम अवरुद्ध हुने बताउनुभयो । ‘एक प्रकारले भन्ने हो भने राष्ट्र कमजोर हुने गर्दछ, त्यस कारणले यसबाट राष्ट्रलाई जोगाउनु पर्दछ’, उहाँले भन्नुभयो ।

राष्ट्र बैङ्कको गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै केही दिनको लागि शान्त हुने उहाँले बताउनुभयो । फेरि एक/दुई दिन पछि नयाँ विषय निकालेर सरकार ढल्ने हल्ला चलाइने उहाँले स्पष्ट पार्नुभयो । अस्थिरतामा रमाउने मानसिकताले स्थायित्व हुँदा छटपटी हुने मानसिकता विकास भएको उहाँले बताउनुभयो ।

दुईवटा पार्टी मिलेर सरकार बन्दा कुनै एउटा पार्टीको नीति अनुसार मात्र सरकार नचल्ने उहाँले बताउनुभयो । त्यसैले छलफल गरेर सहमति गर्दै अघि बढ्नु पर्ने र अहिलेको सरकार त्यसै गरी अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

अस्थिरताको फाइदा उठाएर ठुला पार्टी माथि साना पार्टीको राज रोकिएकोले अहिले साना पार्टीहरू एमालेका विरुद्ध प्रहारमा लागेका उहाँले बताउनुभयो । सत्तामा साझेदारी र भागेदारी टुटेपछि माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता साना पार्टीहरू एमाले र एमाले नेतृत्व विरुद्ध संगठित रूपमा आक्रमणमा जुटेका उहाँले स्पष्ट पार्नुभयो । आफ्नै कर्मको परिणाम स्वरूप रास्वपा सभापति हिरासतमा पुगेपछि एमाले विरुद्ध खनिएका उहाँले बताउनुभयो ।

देशको सबैभन्दा बढी देशभक्त पार्टी नेकपा एमाले भएको कारण चुनावमा राप्रपा एमालेसँग सहकार्य गर्न आइपुगेको उहाँले बताउनुभयो । तर अहिले एमाले रहँदासम्म राजसंस्था फर्काउन सकिँदैन भन्ने निष्कर्षमा पुगेको कारण एमाले विरुद्धको आक्रमणमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्र निर्माणको सबैभन्दा बलियो र ठुलो शक्ति एमाले भएको बताउँदै पोखरेलले गरेको काम देख्नु पर्ने बताउनुभयो । गरेका काम देख्दा मात्र थप काम गर्ने जागरण र उत्साह बढ्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले धेरै प्रशंसायोग्य काम गरेको उहाँले सुनाउनुभयो । सकारात्मक कामको सकारात्मक चर्चा परिचर्चा गर्दा विकासको लागि काम गर्नेलाई प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।

अहिलेको सरकारले राजनीतिक स्थायित्वको आधार तयार गरेको बताउँदै २०८४ को निर्वाचनसम्म अहिलेको गठबन्धन जाने उहाँले प्रष्ट पार्नुभयो । तर पनि अस्थिरताका हल्ला भने चलाइरहेका र चली रहने उहाँले बताउनुभयो ।

दुईवटा पार्टी मिल्दा पनि मुलुक सही बाटोमा जान सकेन भन्ने कुप्रचार गरिएको बताउँदै उहाँले सरकार सही बाटोमा अघि बढेको दाबी गर्नुभयो । दुई ठुला पार्टी मिलेका कारण कानुन निर्माण र विकासका काम विश्वासका साथ अघि बढेको उहाँले बताउनुभयो । कानु निर्माण, कानुन सुधार, संरचनागत सुधार, सुशासन लगायतका क्षेत्रमा सरकार अघि बढेको पोखरेलले बताउनुभयो ।