९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रचण्ड कहिल्यै पनि सुध्रिँदैनन्ः सूर्य थापा

प्रचण्ड कहिल्यै पनि सुध्रिँदैनन्ः सूर्य थापा
अ अ+ अ-

काठमाडौं, ७ जेठ । नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी अध्यक्ष प्रचण्ड कहिल्यै पनि नसुध्रिने बताउनुभएको छ ।

माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको स्मृतिमा उहाँलाई सम्बोधन गर्दै थापाले आज डेकेन्द्र भौतिक रुपमा यो संसारमा नरहेकाले यो कपटपूर्ण दृश्य देख्न नसक्ने उल्लेख गर्नुभएको छ ।

डेकेन्द्रको सालिकमा प्रचण्डले माल्यार्पण गरेको फोटो सहित सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस राख्दै थापाले लेख्नु भएको छ– ‘यदि देख्न सक्थ्यौ भने यस्ता नकच्चरालाई के गर्थ्यौ ? २/४ पटक भेटेको आधारमा म अनुमानसम्म गर्न सक्छु–एउटै हातले दुबै गालामा एकैसाथ तोरीका फूल देख्ने गरी लपेटा त लाउँथ्यौँ, लाउँथ्यौ ! दुनियाँमा सबैको उपचार हुन्छ, नकच्चराको केही उपचार छैन र हुँदैन, पानीको आपूर्ति रोकेका जल्लादहरूले मारिहाल्लान् भन्ने अनुमानसम्म नगरी वार्ता गरेर मिलाउन जानु नै तिम्रो जीवन संहारको कारण बनेको थियो, साथमा तिमी निर्भीक, निडर र साहसी थियौ। त्यसैले, मारिएर पनि बाँचेका छौ, अमर छौ सदा स्मरणीय रहेका छौ ।’

प्रचण्ड रत्नाकर डाकूँ जस्ता भएको टिप्पणी गर्दै थापाले लेख्नु भएको छ–‘प्रचण्ड रत्नाकर डाँकु थिए, उनको आदेशमा तिमी स्वयं र मेरा दाजुजस्ता १७ हजार नागरिकले जीवन आहुति दिनुपर्याे, तीन पटक प्रधानमन्त्री भइसक्दा उनी सुध्रिए कि बिग्रिए ? त्यो उनैले भन्ने र देखाउने कुरा हो, उहिले रोल्पा, रुकुमका रक्सीको नशामा मग्न रहेका मगरहरूलाई क्रान्तिको नशा चढाइदिनुपर्छ, बस् अरू केही गर्नुपर्दैन, क्रान्ति हुन्छ भनेर उतै पुगेर बहस गर्थे, अहिले लाँकुरी भन्ज्याङस्थित टेरेस रिसोर्टमा सुकुला हुन पुग्छन् र नशाले मदहोस भएर ढुन्मुनिँदै शौचालयको भित्तामा टाउको ठोक्न पुगेर मध्यरातमा अस्पताल दौडाइन्छन्, उनको यो हैसियत शायद तिम्रै बलिदानले बनाइदिएको छ ।’

उमेरको हिसाबले पनि प्रचण्डलाई अब मै ले पनि मर्नुपर्छ भन्ने चेत आएको हुनु पर्ने थापाको अनुमान छ । ‘उनलाई ७२ वर्ष लागेसँगै अबचाहिँ म पनि एक दिन मर्नुपर्नेछ भन्ने गहिरो अनुभूति भइरहेको हुनुपर्छ र खुल्ला भएको १९ वर्षपछि बल्ल दैलेख आएर तिम्रो सालिकमा कागजको बजारिया माला लगाई दुई हात जोडेर प्रायश्चित र श्रद्धाञ्जली दिने गरी उभिन पुग्नुपर्ने स्थितिमा देखिनुभयो, आफैँ बोक्सी, आफै झाँक्री भन्ने भनाइ यस्तै अवस्थालाई भन्नको लागि बनाइएको होला, यद्यपि म बोक्सी र झाँक्रीमा विश्वास गर्दिनँ, तर उनले तिम्रो सालिक छेउमा उभिएर मैले १७ हजारको जीवनलीला हरण गर्न गल्ती गरेँ भनेको सुन्यौँ त प्रिय भाइ ? अहँ उनी त्यसो भन्न चाहन्नन्, बरु मेरा हरेक विरोधीको हालत सकेँ भने यस्तै गराइदिन्छु भन्न तिम्रो सालिकछेउ पुगेर श्रद्धाञ्जली अर्पणको यो नाटक गरेका हुन्, खासमा यो नाटक नै हो, प्रचण्ड वाल्मीकि बन्दैनन्, उनी रत्नाकर नै थिए, छन् र बाँकी जीवनभरि पनि रहिरहनेछन्, अरू सबै भ्रम हो, उनले भनेको क्रान्तिजस्तै’, थापाले लेख्नु भएको छ ।