९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको असहमति, भ्रममा नपर्न आह्वान

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको असहमति, भ्रममा नपर्न आह्वान
अ अ+ अ-

काठमाडौं । द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागबन्डा र नातागोताका आधारमा पदाधिकारी नियुक्त गरिएको भन्दै उनीहरुबाट न्याय पाउनेमा आफूहरुलाई आशा नरहेको बताएका छन् ।

द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय आयोगमा भएको अविश्वसनीय, अपारदर्शी र भागवण्डायुक्त नियुक्ति र त्यसले जन्माएका परिस्थितिबारे समीक्षा गर्दै सत्य, न्याय र परिपूरणको सवालप्रति सरोकार र चासो राख्ने प्रबुद्ध नागरिक, मानवअधिकार रक्षक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्था तथा कूटनीतिक नियोगहरूसँग संवाद र छलफललाई अगाडि बढाएका छन् ।

पीडितहरुले सत्य, न्याय र परिपूरणको प्रतिक्षामा रहेका लाखौं द्वन्द्वपीडिमाथि लादिएको दलीय भागबण्डा र नातागोताका आधारमा नियुक्त पदाधिकारीप्रति द्वन्द्वपीडित समुदायको विश्वास नरहेको र नरहनेमा स्पष्ट पारेका छन् ।

द्वन्द्वपीडित समुदायका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘जहिलेसम्म सरकारले अन्यायपूर्ण, अपारदर्शी, मिचाहा युक्त र अविश्वसनीय ढंगले अगाडि बढाएको प्रक्रियालाई उल्ट्याएर अर्थपूर्ण परामर्श र संवादको आधारमा पीडित केन्द्रित प्रक्रिया पुनस्र्थापित गर्दैन, त्यतिबेलासम्म पीडित समुदायको कुनै पनि साथ र समर्थन रहने छैन,’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विश्वसनीय र सक्षम आयोग गठन नहुनेदेखि र पीडितहरूलाई धोका र अपमान दिइएको कारणले द्वन्द्वपीडित समुदायले सिफारिस गरेका नामावाली पहिले नै फिर्ता गरिसकेको सन्दर्भमा दलीय भागवण्डामा गएका केही व्यक्तिहरूले आफू पीडितले सिफारिसबाट पीडितको प्रतिनिधित्व गरेर आयोगमा आएको भनेर गरेको दुस्प्रचार र भ्रमलाई खारेज गर्दछौं। द्वन्द्वपीडितको साथ, समर्थन र उनीहरूसँगको परामर्श बिना एकलौटी रूपमा द्वन्द्वपीडितलाई आव्हान गरेर जारी गरिने सूचना, सन्देश वा अगाडि बढाइने कुनै पनि गतिविधिका बारेमा भ्रममा नपर्न र अन्तिम तथा निर्णायक आन्दोलनका लागि तयार हुन समस्त द्वन्द्वपीडितलाई यसैसाथ आह्वान गर्दछौँ ।’

यसैगरी द्वन्द्वपीडित समुदायले नागरिक आयोगको सान्दर्भिकता र त्यसको मोडालिटीका सन्दर्भमा समस्त सरोकारवालासँग छलफल र परामर्श गरेर अब हुने द्वन्द्वपीडित र नागरिक समाजको वृहत्तर राष्ट्रिय भेलामा व्यापक छलफल र निर्णयका लागि प्रतिवेदन पेश गर्न वरिष्ठ मानवअधिकारवादी चरण प्रसाईको संयोजकत्वमा द्वन्द्वपीडित र नागरिक समाजका प्रतिनिधि सम्मिलित १५ सदस्यीय एक परामर्श समिति गठन गरेको छ ।