६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको असहमति, भ्रममा नपर्न आह्वान



अ+ अ-

काठमाडौं । द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागबन्डा र नातागोताका आधारमा पदाधिकारी नियुक्त गरिएको भन्दै उनीहरुबाट न्याय पाउनेमा आफूहरुलाई आशा नरहेको बताएका छन् ।

द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय आयोगमा भएको अविश्वसनीय, अपारदर्शी र भागवण्डायुक्त नियुक्ति र त्यसले जन्माएका परिस्थितिबारे समीक्षा गर्दै सत्य, न्याय र परिपूरणको सवालप्रति सरोकार र चासो राख्ने प्रबुद्ध नागरिक, मानवअधिकार रक्षक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्था तथा कूटनीतिक नियोगहरूसँग संवाद र छलफललाई अगाडि बढाएका छन् ।

पीडितहरुले सत्य, न्याय र परिपूरणको प्रतिक्षामा रहेका लाखौं द्वन्द्वपीडिमाथि लादिएको दलीय भागबण्डा र नातागोताका आधारमा नियुक्त पदाधिकारीप्रति द्वन्द्वपीडित समुदायको विश्वास नरहेको र नरहनेमा स्पष्ट पारेका छन् ।

द्वन्द्वपीडित समुदायका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘जहिलेसम्म सरकारले अन्यायपूर्ण, अपारदर्शी, मिचाहा युक्त र अविश्वसनीय ढंगले अगाडि बढाएको प्रक्रियालाई उल्ट्याएर अर्थपूर्ण परामर्श र संवादको आधारमा पीडित केन्द्रित प्रक्रिया पुनस्र्थापित गर्दैन, त्यतिबेलासम्म पीडित समुदायको कुनै पनि साथ र समर्थन रहने छैन,’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विश्वसनीय र सक्षम आयोग गठन नहुनेदेखि र पीडितहरूलाई धोका र अपमान दिइएको कारणले द्वन्द्वपीडित समुदायले सिफारिस गरेका नामावाली पहिले नै फिर्ता गरिसकेको सन्दर्भमा दलीय भागवण्डामा गएका केही व्यक्तिहरूले आफू पीडितले सिफारिसबाट पीडितको प्रतिनिधित्व गरेर आयोगमा आएको भनेर गरेको दुस्प्रचार र भ्रमलाई खारेज गर्दछौं। द्वन्द्वपीडितको साथ, समर्थन र उनीहरूसँगको परामर्श बिना एकलौटी रूपमा द्वन्द्वपीडितलाई आव्हान गरेर जारी गरिने सूचना, सन्देश वा अगाडि बढाइने कुनै पनि गतिविधिका बारेमा भ्रममा नपर्न र अन्तिम तथा निर्णायक आन्दोलनका लागि तयार हुन समस्त द्वन्द्वपीडितलाई यसैसाथ आह्वान गर्दछौँ ।’

यसैगरी द्वन्द्वपीडित समुदायले नागरिक आयोगको सान्दर्भिकता र त्यसको मोडालिटीका सन्दर्भमा समस्त सरोकारवालासँग छलफल र परामर्श गरेर अब हुने द्वन्द्वपीडित र नागरिक समाजको वृहत्तर राष्ट्रिय भेलामा व्यापक छलफल र निर्णयका लागि प्रतिवेदन पेश गर्न वरिष्ठ मानवअधिकारवादी चरण प्रसाईको संयोजकत्वमा द्वन्द्वपीडित र नागरिक समाजका प्रतिनिधि सम्मिलित १५ सदस्यीय एक परामर्श समिति गठन गरेको छ ।