५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा युवकको हत्या, संलग्न पाँच जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण गरी हत्या गरेको आरोपमा पाँच जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप, सर्लाही, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका हुन्। उनीहरू क्रमशः प्रविण तामाङ (२९), समिर वाइवा तामाङ (२३), अभिषेक वाइवा तामाङ (२६), दीपेन्द्र भुजेल (२९) र अनुराग तामाङ (२८) रहेका छन्।

वैशाख ३० गते राति करिब ९ बजेतिर किराना पसलमा बसेका राईमाथि आक्रमण गर्दा गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा मृत्यु भएको थियो।

हत्या पछि फरार रहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरिसकेको छ। हाल कर्तव्य ज्यान मुद्दामा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।