९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अ अ+ अ-

कमलामाई ।कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ । शरीरका अङ्ग अचेत छन् । आँखा खुल्दैनन् । कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ । कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ ।

त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको । कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उहाँको स्थायी बसोबास छ । दुई वर्ष दुई महिना बित्नै लाग्यो, उहाँ अस्पतालको शय्याबाट उठ्न सक्नुभएको छैन । बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली हुनुहुन्छ । तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उहाँकै भरमा छ । बिरामी श्रीमान्को पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउनु हुन्छ । मुहार सुम्सुम्याउनु हुन्छ ।

यतिबेला उहाँको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन । माइतीमा बुबा बितेपछि आमाको अवस्था दयनीय छ । घरतर्फका बुबा–आमा वृद्ध हुनुहुन्छ । अस्पतालमा विमलालाई सघाउने कोही छैनन् । यस्तो दुःखद परिस्थितिको सामना उहाँ एक्लै गरिराख्नुभएको छ ।

बिरामी श्रीमान्को हालत देख्दा उहाँको मन थामिदैन । आँखाबाट आँसु बगाइरहनु हुन्छ । बेला–बेलामा उहाँलाई चिच्याएर रुन आउँछ । त्यसबेला बिरामी श्रीमान्लाई रोएको थाहा नदिन शौचालयमा गएर रुँदा–रुँदा गरेर बाहिर निस्कनु हुन्छ । “२६ महिना भयो, रोएरै दिनरात बितिरहेको छ । म नजिक बसेर रुँदा उहाँको धड्कन बढ्छ । शौचालयमा गएर रुन्छु,” विमलाले आँखाबाट आँसुका ढिका खसाल्दै भन्नुभयो । २६ महिनाअघि त तेजबहादुर र विमलाको दाम्पत्य जीवन खुसीले भरिएको थियो । चार वर्षको प्रेम सम्बन्ध विवाहमा रुपान्तरण भएको पाँच वर्ष पुगेकै थिएन । सुखी परिवारका लागि सन्तान जन्माउने योजना बनाउँदै थिए । २ चैत २०७९ दशा बनेर आयो यस दम्पतीको जीवनमा । तेजबहादुरले चलाएको ज८प ६४५८ नंको मोटरसाइकललाई तीनपाटन–९ का शेषराज पहाडीले चलाएको वा।प्र०१०२७च ४३७२ नंको बोलेरोले ठक्कर दियो । कमलामाईबाट तीनपाटन–११ तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही स्थानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरोले तीनपाटन–२ गैरीमा ठक्कर दिएपछि गम्भीर घाइते भएका तेजबहादुर त्यसयता कोमामा हुनुहुन्छ ।

“तीनपाटन–११ लाम्पाङटार मेरो माइती गाउँ हो । घरबाट निस्कने बेला फोनमा म आउँदैछु, तिमी घर आउने तयारी गरेर बस, भन्नुभयो । म पर्खेर बसिरहेँ । गैरीमा उहाँ दुर्घटनामा पर्नु भएछ,” विमलाले सुनाउनुभयो ।

उहाँका अनुसार तेजबहादुर दुर्घटनामा परेपछि सिन्धुलीबाट उपचारका लागि हेलिकप्टरमा काठमाडौँको हेम्स अस्पताल लगियो । त्यहाँ १० दिनमा रु १२ लाखभन्दा बढी खर्च भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल सारियो । त्यहाँ पनि उपचार खर्च महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सिन्धुली फर्काइयो । १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर राखिएको छ । आर्थिक अभावका कारण उपचारमा मात्रै होइन, बिरामीलाई जाउलो खुवाउनसमेत समस्या हुन थालेको विमलाले दुखेसो सुनाउनुभयो ।

विमलाका अनुसार तेजबहादुरको उपचारमा हालसम्म रु ५० लाख बढी खर्च भइसकेको छ। पीडक पक्षले दिने भनी सहमति गरेको उपचार खर्चसमेत पाउन सकेको छैन । गाडी चालक रहेका गाडी धनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा बिरामीको उपचारका लागि रु २० लाख दिने सहमति गर्नुभएको थियो । सोही सहमतिबमोजिम दिनुपर्ने रकममध्ये रु पाँच लाख मात्र प्राप्त गरेको र बाँकी रकम नपाएको विमलाले बताउनुभयो ।

उपचारमा लाग्ने खर्च आफूले गर्न सक्ने अवस्था पनि छैन । रु ४५ लाख बढी ऋण भइसकेको छ । ब्याज बढिरहेको छ । तिर्न सक्ने आधार छैन । साहुले ऋण लिएको पैसा फिर्ता दिन दबाब दिन थालेका छन् । “बिरामीलाई एक छिन छोड्न मिल्दैन । यस्तो अवस्थामा रहेका श्रीमान्लाई छोडेर पनि कहाँ जाउँ, के काम गरौँ रु” विमलाले दुखेसो गर्नुभयो ।

पीडकले सहमतिअनुसारको रकम दिन नसकेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले क्षतिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन । गाडी धनी तथा चालकसमेत रहेका पहाडी फरार छन् ।

यता, जिल्ला अदालत, सिन्धुलीबाट सवारीबाट अङ्गभङ्ग मुद्दा फैसला भइसकेको छ । उक्त मुद्दामा अदालतले २०८१ असार १२ गते कसुर ठहर गरेको थियो भने असार १९ गते सजाय तोकेको छ । न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले तीन वर्ष जेल सजाय, रु २० हजार जरिवाना र रु ८०० क्षतिपूर्तिको सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनमा आएको छैन ।
पीडक शेषराज पहाडी दुई महिना २७ दिन मात्र हिरासतमा बस्नुभएको देखिन्छ । अदालतले तोकेको बाँकी सजाय कटान गर्न बाँकी रहेको जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ । अदालतबाट सवारी अङ्गभङ्ग मुद्दा फैसला भई सजाय तोकिए पनि मुद्दा चल्दा धरौटीमा छुटेका शेषराज फेरि पक्राउ परेका छैनन् ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको क्षतिपूर्तिसम्बन्धी मुद्दा चालु अवस्थामा छ । पीडक र पीडितबीच भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त मुद्दा फैसला गरेको छैन । सहमतिअनुसार तीन किस्तामा पीडित पक्षलाई उपचार खर्च दिने उल्लेख भएको छ । चार महिनाभित्र अर्थात् २०८१ साउनसम्म तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम पाउन नसकेको विमलाले गुनासो गर्नुभयो ।

गत वैशाखमा उपचार खर्च दिलाइदिन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्यायको माग गर्दै विमला बिरामी श्रीमान्सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बस्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पीडित पक्षलाई शान्त गराउँदै पीडकको खोजी भइरहेको बताउनुभयो । चाँडै न्याय दिलाउनेछौँ भन्ने सम्बन्धित निकायको आश्वासनको प्रतीक्षामा विमला बस्नुभएको छ । रासस