३१ असार २०८३, बुधबार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा संवादकै दिन जुम्लामा हिमताल फुटेको पुष्टि, १९ परिवार विस्थापित



अ+ अ-

जुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित थाक्रामा रहेका दुईवटा हिमताल फुटेका छन् । जलवायु परिवर्तनले पारेको असरबाट छलफल गर्न काठमाडौं सगरमाथा संवाद आयोजना भइरहेका बेला जुम्लामा हिमताल फुटेको हो ।

दुई वटा हिमपात एकै पटक फुट्दा तल्लीतटीय क्षेत्रमा बाढी आएको थियो । बाढीबाट तील गाउँ उच्च जोखिममा छ । यहाँका १९ घर परिवार विस्थापित भएका छन् । वडाध्यक्ष पाल्जोर तामाङले तीलगाउँ उच्च जोखिममा रहेको बताएका छन् । स्थानीय अहिले पनि त्रासमा छन् ।

‘हिमताल जेठ १ गते नै फुटेको हो,’ उनले भने, ‘सुरुमा के हो भन्ने बारेमा अन्योल नै थियो । तर ९ घण्टाको पैदल हिँडेर थाक्रा पुग्दा हिमताल फुटेको थाहा भयो ।’

आइतबार पाँच जनाको टोली हिमताल फुटेको स्थानमा पुगेको छ । वडाध्यक्ष तामाङले भने, ‘त्यहाँ दुइवटा हिमताल फुटेको देखियो । त्यसपछि लेदो बगेको रहेछ ।’ अहिले तिलगाउँका १९ घर गाउँभन्दा टाढाको स्थानमा त्रिपालमा बसेका छन् । त्रिपालमा ३३ जना बसेका छन् । घरधुरी १९ हो तर अवस्था निकै जोखिम छ ।

घटनालगत्तै बाढीको कारण पत्ता लगाउन हिँडेको सुरक्षाकर्मीको टोलीबीच बाटोबाटै फर्किएको थियो । अग्लो ठाउँमा रहेको र त्यहाँ पुग्नका लागि विभिन्न स्वास्थ्य समस्या देखिने भएकोले टोली फर्किन बाध्य भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

’स्थानीय पाँच जनाको टोली त्यहाँ पुगेको छ । उनीहरुले देखेको आधारमा रणनीति बनाउनुपर्ने देखिन्छ,’ उनले भने ।