२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमतका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ५ लाख धरौटीमा रिहा



अ+ अ-

काठमाडौं। जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले धरौटीमा छाड्ने आदेश दिएपछि उनी रिहा भएको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

७ वैशाखमा सप्तरीबाट पक्राउ परेका यादवमाथि जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले ठगीको जाहेरी दिएका थिए। जाहेरीमा यादव दम्पतीविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँको बिगो माग गरिएको थियो।

विवाद ललितपुरको इमाडोलस्थित साढे चार आना जग्गामा बनेको तीन तले घरको हो। जुन पार्टीको नाममा खरिद गरिए पनि यादवले श्रीमतीको नाममा दर्ता गराएको आरोप लागेको छ। यादवले भने रकम चुनावका बेला खर्च गरेको दाबी गरेका छन्।