५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वडाध्यक्षले अस्वीकार गरे मेयर बालेनले तोकेको जिम्मेवारी



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तोकेको समितिको संयोजक जिम्मेवारी तीन वडाध्यक्षले अस्वीकार गरेका छन्।

कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै उनीहरूले सामूहिक रूपमा जिम्मेवारी अस्वीकार गर्दै मेयरलाई निवेदन दिएका हुन्। सुशासन समितिका लागि वडा ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका लागि वडा ५ का वीरेन्द्र प्रजापति, र सम्पदा तथा पर्यटन समितिका लागि वडा २४ का विनोद राजभण्डारीले जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।

उनीहरूले उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई पनि निवेदनको बोधार्थ पठाएका छन्। विधायन समितिको संयोजक तोकिएकी वडा १६ की अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गरेकी छैनन्। श्रेष्ठ रास्वपाबाट उपनिर्वाचनमा विजयी भएकी हुन्।

वडा २४ का अध्यक्ष राजभण्डारीले अघिल्ला जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदित भए पनि यसपटक मेयरको एकल निर्णय भएकाले विधिसम्मत नभएको बताए। वडाध्यक्षहरूको बुझाइमा मेयरले आलोचकहरूलाई अघोषित रूपमा कारबाही गर्दै आएका छन्।

यसअघि सूचना प्रविधि समितिबाट वडा १७ का नवीन मानन्धर, सुशासन समितिबाट वडा २६ का ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिबाट वडा ८ का आशामान संगत, र विधायन समितिबाट वडा २३ का मचाराजा महर्जन हटाइएका थिए।