९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

काठमाडौं घोषणापत्र जारी गरेर सगरमाथा संवाद आज सकिँदै, पाहुनालाई लगियो माउन्टेन फ्लाइट

काठमाडौं घोषणापत्र जारी गरेर सगरमाथा संवाद आज सकिँदै, पाहुनालाई लगियो माउन्टेन फ्लाइट
अ अ+ अ-

काठमाडौं । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद आज सम्पन्न हुँदैन । काठमाडौं घोषणापत्र जारी गरेर संवाद सकिने छ ।

सगरमाथा संवादको अन्तिम दिन आज बिहानै विदेशी पाहुनालाई नेपालका हिमाल देखाउन लगिएको छ । माउन्टेन फ्लाइटमार्फत विदेशी पाहुनालाई हिमाल देखाउन लगिएको हो । त्यहाँबाट फर्किएपछि काठमाडौं घोषणापत्र जारी गरिने छ ।

नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका छन् । उक्त सत्रहरूमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरूले आ–आफ्ना अनुभव आदानप्रदान गर्नुभएको छ ।

संवादको सुरु भएकोे दिन यही जेठ २ गते उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्ने महत्वाकाङ्क्षाको आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहलका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।

संवादको दोस्रो दिन हिजो स्वच्छ ऊर्जाको उपयोग र भविष्य, हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण, हिमाली जोखिम मूल्याङ्कन र अनुगमन, हिमालमा हानि–नोक्सनीको सम्बोधन, दिगो सहरहरू र समुदाय, समावेशी भविष्य निर्माण: लैङ्गिक समानता र अन्तरपुस्ता समता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिको संयोजन, हिमाली अर्थतन्त्रको दिगोपना विषयका आठ समानान्तर सत्र सम्पन्न भएका छन् ।

सबै सत्रहरूमा विभिन्न मुलुकका राजनीतिज्ञ, नीतिनिर्माता, विद्वान, विशेषज्ञ र अनुसन्धानकर्ताहरूद्वारा गहन छलफल, विचार आदानप्रदान र विश्लेषण गरिएको थियो । प्रत्येक सत्र डेढ घण्टाको रहेको र त्यसमा एक मध्यस्थकर्ता, एक मुख्य वक्ता र चार प्यानल सदस्यहरू रहेका छन् ।

समानान्तर सत्रहरूका अधिकांश वक्ताले नेपाल जस्ता जलवायु परिवर्तनमा नगण्य योगदान भएर सबैभन्दा बढी जोखिममा रहेका मुलुकका जलवायुजन्य समस्या समाधानमा सामूहिक सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो । साथै उहाँहरूले जोखिमा रहेका त्यस्ता मुलुकमा अनुकूलनका कार्यक्रममाथि जोड दिँदै हानि–नोक्नीलगायत जलवायु वित्तको पहुँच सरलीकरण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

हिन्दु कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रिस्तरीय बैठक सम्पन्न

यसबाहेक आज हिन्दू कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले हिन्दू कुश हिमालय क्षेत्रका मुलुक जलवायुको बढी जोखिमा रहेकाले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली बचाउन थप सहकार्यका विषय पहिल्याउनुपर्नेमा जोड दिइएको छ ।

संवादका क्रममा विश्वव्यापी र क्षेत्रीय साझेदारीअन्तर्गत बहु–सरोकारवाला गोलमेच बैठकसमेत सम्पन्न भएको थियो । यस सत्रमा स्वदेशी तथा विदेशी विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूले जलवायुका असर र हिमाली क्षेत्रमा देखिएका जलवायुसम्बन्धी चुनौतीहरूको सम्बोधन गर्न क्षेत्रीय र अन्तरराष्ट्रिय सहयोगका बारेमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

यसअघि शुक्रबार सगरमाथा संवादको उद्घाटन सत्र भव्य समारोहबीच सम्पन्न भएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो । त्यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नुभएको थियो । उद्घाटन समारोहमा कोप–२९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजानका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभ, भारतका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव, जनवादी गणतन्त्र चीनको जनकांग्रेसका स्थायी समितिका उपाध्यक्ष जिओ जीले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान ९तेस्रो एनडिसी० अनावरण गर्नाका साथै र कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

खुला सत्रमा १९ देशका प्रतिनिधिको सम्बोधन

उद्घाटनपछि शुक्रबार भएको पूर्णसत्रमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय मन्तव्य दिनुभएको थियो । विभिन्न १९ प्रतिनिधिमण्डल ९१३ राष्ट्रिय र क्षेत्रीय तथा अन्तरराष्ट्रिय सङ्गठनहरूका तर्फबाट छ जना०ले जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विभिन्न पक्षहरूलाई उजागर गर्दै आफ्ना भनाइहरू प्रस्तुत गर्नुभएको थियो ।

आफ्ना वक्तव्यहरू दिने राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बङ्गलादेश, भूटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका हुनुहुन्थ्यो । अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, सार्क, बिम्स्टेक, इसिमोड रहेका थिए ।

संवादमा विभिन्न साइडलाइन बैठक र अन्य पूरक कार्यक्रमहरूसमेत सम्पन्न भएका छन् । संवादमा सहभागी उच्चस्तरीय विदेशी विशिष्ट व्यक्तिहरूले प्रधानमन्त्रीसँग भेटघाट र नेपाली समकक्षीहरूसँग द्विपक्षीय बैठकहरू गर्नुभएको थियो ।

भोलि बिहान उच्चस्तरीय विशिष्ट व्यक्तिहरूका लागि सगरमाथा क्षेत्रको पर्वतीय उडान गरिनेछ । वायु प्रदूषणसम्बन्धी उच्चस्तरीय कार्यक्रम र जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रम पछि काठमाडौँ घोषणा हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद औपचारिक रुपमा सम्पन्न हुनेछ ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने जीवन्त संवाद मञ्चका रूपमा आफूलाई प्रमाणित गर्ने अपेक्षा गरिएको छ ।

सरकारले पहिलोपटक आयोजना गरेको पहिलो संस्करण ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सम्मेलनमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपालीको सहभागिता छ । विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ संवाद आयोजना गरिएको हो ।

संवादमा उठाइए हिमालका विषय

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागिसमेत उपयोगी सिद्ध भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा महत्त्वका साथ हिमालका विषय उठाएको छ ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाका नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवद्र्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।