२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम



अ+ अ-

सिरहा। र्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम लागु गरेको छ ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा कोठाको सङ्ख्याअनुसार तीन सय ३० थान ‘सिलिङ्ग पङ्खा’ वितरण गर्नुभएको हो ।

नगरपालिकाले आफ्नो १५औँ नगरसभाबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पङ्खा वितरण गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको हो । पङ्खा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्ने छौँ ।”

लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षा कोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पङ्खा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताउनुभयो  । उहाँले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । रासस