काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
बुधवार नागढुंगास्थित मुख्य सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका थिए । घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए ।
समितिमा एसपी विष्टसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर सदस्य छन् ।
यतिबेला साहले जुनियर प्रहरीलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । उनीहरु दुबैजनालाई जिम्मेवारीबाट हटाइएको छ ।
इन्स्पेक्टर साहले भने जवानले ट्रक चालकसँग रकम लिएको पाईएपछि आफूले कुटेको कमान्डमा जानकारी गराएका छन् ।










