१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘जेनजीको बलिदानले राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद बने’ News Polar कोरियाली चिकित्सकद्वारा बाढीपीडितलाई राहत सामग्री News Polar सभामुख अर्याल तान्जानिया प्रस्थान News Polar बालेनले भने– धन्न खुलामञ्च राम्रो बनाइएछ र पार्टीले गाली गर्न पाए News Polar तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै News Polar दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन News Polar प्रधानमन्त्री भारत जाँदै, परराष्ट्र भन्छ-तयारी सुरु भयो News Polar अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त News Polar श्रीलङ्कामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको मृत्यु, हजारौँ प्रभावित News Polar यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध News Polar सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

बलात्कारको अभियोगमा सशस्त्रका एसएसपी पक्राउ

बलात्कारको अभियोगमा सशस्त्रका एसएसपी पक्राउ
अ अ+ अ-

पोखरा । सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीले खाना खान बोलाएर क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै चितवनकी एक युवतीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो । चितवन घर भएकी २७ वर्षीया एक युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको भन्ने मौखिक उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

एसएसपी अधिकारीले लामापाटनस्थित आफ्नै क्वाटरमा ती युवतीलाई बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधि खुलाएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए । उक्त घटना सार्वजनिक भएपछि गण्डकी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठसमेत घटनास्थलमा पुगेका थिए ।  घटनाको बारेमा महिलाले प्रहरीलाई जानकारी गराउनसाथ एसएसपी अधिकारी भने भागेर महिला ब्यारेकको पछाडि रहेको मकैबारीमा सुतिरहेको अवस्थामा सशस्त्र प्रहरी बलकोे टोलीले पक्राउ गरेको थियो । उनी मदिराले लट्ठ भएर मकैबारीमा लडिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।

चितवनबाट बुधबार नै एसएसपी अधिकारीको क्वाटरमा पुगेकी ती महिला सिधै उनको बेड रुममा पुगेकी थिइन् । बिहान ९ बजे एसएसपी अधिकारीको बेडरुममा पुगेकी ती महिलाले २ बजे प्रहरीलाई खबर गरेकी थिइन् । दुवै मिलेर मदिरा सेवन गरेको देखिन्छ, त्यसपछि बलात्कार भयो भएन भन्नेबारेमा अस्पतालको रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जानकारी दिएको छ । नेपाल समाचारपत्र दैनिक