२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.45

Wind: 2.57

Humidity: 42

Latest
सन्दीप लामिछानेले प्रधानमन्त्री कप नखेल्ने महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता बजारको प्रतिक्रियापछि ट्रम्पद्वारा मेक्सिको र क्यानाडामाथिको भन्सार शुल्क फिर्ता अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा तीनदिने साहसिक पदयात्रा च्याम्पियन्स ट्रफीको फाइनल खेल्ने बित्तिकै विराट कोहलीले रच्नेछन् इतिहास जनताको भावनाअनुरुप संविधान संशोधन गर्नुपर्छ: राष्ट्रियसभा सदस्य उर्मिला अर्याल पोखरामा नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा झडप मरिसकेको राजतन्त्रको पछाडि नदौडन महासचिव पोखरेलको आग्रह घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गरिने



अ+ अ-

भरतपुर । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला भरतपुरमा सेनाको ब्यारेक सार्ने निर्णय भएको हो । भरतपुर विमानस्थल विस्तारको योजना सङ्घीय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । भरतपुर महानगरले बुधबार राखेको छलफलमा सेनाको ब्यारेक सार्ने सहमति भएको हो । “विमानस्थल विस्तारका लागि भरतपुर–१० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर–१, आँपटारीमा रहेको दियालो बङ्गलामा सार्ने सहमति भएको छ,” बैठकपछि महानगर प्रमुख रेणु दाहालले जानकारी भने । बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितको सहभागिता थियो ।

नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बङ्गलामा जान सहमत भएको छ दाहालले भन्नुभयो, “सेनाको घोडा फर्म (प्रजनन केन्द्र)समेत भरतपुर–११, बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ । ” चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सारेर पनि विमानस्थल विस्तार गर्ने निर्णय हुनु स्वागतयोग्य बताए ।
विमानस्थललाई आवश्यक जग्ग्गा ब्यारेकबाट लिनुपर्छ बाँकी जग्गामा सेनाको सानो टुकडी राख्न आवश्यक छ, उनले भने। सेनाको एयर बेस र लजिस्टिक राख्न पनि सो ठाउँमा सेनाको टुकडी जरुरी रहेको उनको भनाइ छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना बनाउन सुरु गरिसकेको छ । गुरुयोजना र डीपीआर निर्माणको काम सुरु भइसकेको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले जानकारी दिए ।

भरतपुर विमानस्थलको धावन मार्ग हाल एक हजार दुई सय मिटरको छ । यसलाई विस्तार गरेर एक हजार पाँच सय मिटर पुर्याउने योजना छ । अहिले भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाजसमेत अवतरण गर्न नसकिने अवस्थामा विमानस्थलको विस्तारसँगै यसमा सहजता आउने विश्वास गरिएको छ । गोरखापत्र दैनिक