२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दीपुरुष जोशीको सालिक अनावरण



अ+ अ-

पाटन । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उहाँको सालिक अनावरण गरिएको छ ।

ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले आज अनावरण गर्नुभएको हो । सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उहाँको सम्मानमा जीवित छँदै उहाँको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिनुभयो ।

‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ हामीले सेवाप्रवाह गरिरहेका छौँ, उहाँले महानगरपालिकाको नागरिक भएर सेवा पु¥याउनु भएकामा गर्व गर्छौं, भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उहाँले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौँ”, उहाँले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराउनुभयो ।

“जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो, एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिक्रमा गराएका थियौँ, आगामी दिनहरुमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यक्रम गर्छौं, यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले स्व जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताउनुभयो । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।

ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पुर्याउनुभएको योगदानको सम्मानमा जोशी जीवितै छँदै सरकारले उहाँको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियोे ।




भर्खरै