२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाक तनावपछि रोकिएका आईपीएलका बाँकी खेल जेठ ३ देखि हुने



अ+ अ-

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि रोकिएका इन्डियिन प्रिमियर लिग– आईपीएलका बाँकी खेल आगामी जेठ ३ गते (१७ मे) देखि सुरु हुने भएका छन् । कश्मीरको सीमामा भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण मे ९ का दिन आईपीएल एक साताका लागि स्थगित भएको थियो ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ ।

पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ ।

यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ । यस्तै १७ मे मा कलकत्ता नाइटराइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।