९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्
TOPSHOT - Smoke billows after an artillery shell landed in the main town of Poonch district in India's Jammu region on May 7, 2025. At least eight Indians were killed and 29 others wounded Wednesday in the town of Poonch in Kashmir, close to the de facto border with Pakistan, a local Indian government official said. (Photo by Punit PARANJPE / AFP)
अ अ+ अ-

एजेन्सी । भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्‍याउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव गरेको विषयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सचदेवले भन्नुभयो, “हाम्रो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन।”

“अमेरिका एक महाशक्ति हो र अमेरिकासँग भारतको राम्रो र रणनीतिक सम्बन्ध छ”, सचदेवले भन्नुभयो, “उहाँ ९राष्ट्रपति ट्रम्प० शान्ति प्रवद्र्धक बन्न चाहनु्हुन्छ ।”

अमेरिकाले युक्रेन र गाजासँग मध्यस्थताको प्रस्ताव गरिरहेका थुप्रै उदाहरणमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो, “यी अझै पनि शान्ति प्रक्रियामा पुग्न सकेका छैनन् ।”

सचदेवले भन्नुभयो, “उहाँले युक्रेनसँग खेलिरहनुभएको छ, जुन अझै पनि शान्ति ढाँचामा पुगेको छैन । गाजामा पनि शान्ति स्थापना हुन सकेको छैन ।”

ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले अमेरिकाले मध्यस्थतामा शान्ति स्थापना गर्न सहयोग गरेको र काश्मिरको समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको दाबीलाई निरन्तरता दिनुभएको छ ।

भारतीय परराष्ट्रमामिलाविद् सचदेवले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले तपाईंलाई यो ऐतिहासिक र वीरतापूर्ण निर्णयमा पुग्न मद्दत गर्न सक्षम भयो । मलाई गर्व छ।”

राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “म उनीहरूसँग छलफल नै नभए पनि म यी दुवै महान् राष्ट्रसँग व्यापारमा उल्लेख्य वृद्धि गर्न गइरहेको छु ।”

ट्रम्पले भन्नुभएको छ, “यसबाहेक, कश्मीरको बारेमा कुनै समाधानमा पुग्न सकिन्छ कि भनी म तपाईहरूसँग काम गर्न चाहेको छु । भगवान्ले भारत र पाकिस्तानको नेतृत्वलाई राम्रो काम गर्न आशीर्वाद दिनुहोस्१”

भारतले पटक–पटक जम्मू–कश्मीरको विषयमा तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने स्पष्ट अभिव्यक्ति दिँदै आएको छ ।
सचदेवले भन्नुभयो, “भारत अमेरिकासँग ‘बहुआयामिक रणनीतिक मोर्चा’मा सहकार्य गर्न आतुर छ ।”

एएनआईसँगको कुराकानीमा उहाँले भारतले पाकिस्तानविरुद्ध चालेको कदमको प्रशंसा गर्दै भन्नुभयो, “विश्व र पाकिस्तानका लागि यो सन्देश गएको छ कि भारतको सिद्धान्त अब ‘टिट फर ट्याट’ को हुनेछ ।”

सचदेवले थप्नुभयो, “मलाई लाग्छ कि यो भारतको तर्फबाट पनि राम्रो सामान्य ज्ञान हो। हामीले युद्धमा नफसेर आफ्नो आर्थिक शक्ति, हाम्रो व्यापक राष्ट्रिय शक्ति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्भावित आणविक परिणामको उल्लेख गर्दै भन्नुभयो, “भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य भएकोमा स्वागत गर्दै यदि शान्ति कायम नभएको भए लाखौँ मानिसको ज्यान जान सक्ने बताउनुभएको छ ।”