९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण हुने’

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण हुने’
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी हुनुभएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

“हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ”, मन्त्री खड्काले भन्नुभयो । धार्मिक पर्यटकले रामकोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पु¥याउने बताउनुभयो ।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्र गर्नुभयो । सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उहाँले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तिमा सबै लाग्नुपर्ने धारणा राख्नुभयो । “हामी विभिन्न संस्कृति, धर्म र जातमा विभाजन भए पनि एकतामा बाधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले सुन्दर स्थानमा धाम निर्माण गर्ने, अहोरात्र खटिने सम्पूर्ण व्यक्तित्त्वलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले धामको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा आफ्नो र सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दीनबन्धु पोखरेलले धामको भौतिक पूर्वाधार निर्माणमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले धामको संरक्षणका लागि तटबन्धनको आवश्यकता रहेको भन्दै सरकारलाई तटबन्धनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।