२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

यथास्थिति भत्काएर रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँः अध्यक्ष दाहाल

यथास्थिति भत्काएर रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतिका बिरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुबिरुद्ध घेराबन्दी गर्ने, भ्रमहरु छर्ने काममा लागेको आरोप लगाउनु भयो । उहाँले नेताहरुलाई देवत्वकरण गर्न नहुने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेताहरुप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भनेपनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरुका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान लेनिनले भनेको झैँः सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिदा पनि जन्मिदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान भन्छ । त्यसलाई नै जनताले आदर्शका रुपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतिहरु हाम्रो अगाडि यतिबेला छन् । हामी ति चुनौतिका बिरुद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत् प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो बिरुद्ध घेराबन्दी गर्ने, हाम्रा बिरुद्ध भ्रमहरु छर्ने, अनेक किसिमको षड्यन्त्रहरु भएका छन् । यो स्वभाविक रुपले भइ पनि राख्छन् ।’

अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताउनु भयो ।