९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन्ः मन्त्री गुरुङ

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन्ः मन्त्री गुरुङ
अ अ+ अ-

पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भन्नुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

“लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उहाँले भन्नुभयो ।

लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अनलाइनबाट गलत सूचना सम्प्रेषण भइरहेको छ, यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण छ । धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरुविरुद्ध सम्पूर्ण सञ्चारजगत् एकजुट हुनुपर्छ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री उहाँले जलवायु परिवर्तनको असर रोेक्न एकीकृत ढङ्गले काम गर्नुपर्ने बताउँदै “हामीले काम गर्दा कुनै नेता वा पार्टी विशेषको स्वार्थमा परेर काम गर्नु हुँदैन, हामीले जनताका आवश्यकताका आधारमा विकास– निर्माणका काम गर्नुपर्छ । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी दिनुभयो । “प्रेस भन्नेबित्तिकै छापामाध्यमलाई बढी बुझ्ने गरिन्छ, अनलाइन माध्यम पनि प्रेस नै हो, अनलाइन माध्यमबाट समस्या भएको छ”, गत महिना रु २० करोडभन्दा बढी ठगी भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताउदै भन्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जलवायु परिवर्तनको प्रत्यक्ष असर हेर्ने ठाउँ लोमान्थाङ हो भन्दै यो समिट महत्त्वपूर्ण भएको बताउनुभयो ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ नहुने बताउनुभयो । उहाँले १५० भन्दाबढी राष्ट्रमा महासङ्घको उपस्थिति रहेको जानकारी दिँदै महासङ्घले प्रेस स्वतन्त्रताका पक्षमा काम गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जलवायु सङ्कट विश्वको समस्या बनेको बताउँदै प्रेस स्वतन्त्रत र जलवायु परिवर्तनसम्बन्धी विषयलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

महासङ्घका पूर्वध्यक्ष हरिहर विरहीले लोकतन्त्रमा मात्र नागरिक सर्वोच्चता सुनिश्चित हुने बताउँदै लोकतन्त्रको सफलता र मिडियाको भविष्यका लागि मिडिया, नागरिक समाज र राजनीतिक दल सशक्त हुनुपर्छ भन्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन परिषद्का महासचिव लक्ष्मण बस्नेतले लोकतन्त्र, स्वतन्त्र प्रेस र जलवायु परिवर्तनमा नेपाल प्रेस युनियनले चालेको कदमको सराहना गर्नुभयो ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेलका साथै भारत, बङ्गलादेश, भुटानका प्रतिनिधिले प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यहाँको सम्मेलन सकेर उपस्थित १२० जना पत्रकार लोमान्थाङ प्रस्थान गरेका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनमा केन्द्रित रहेर नेपाल प्रेस युनियनले सम्मेलन आयोजना गरेको हो ।