४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल
file
अ+ अ-

गण्डकी। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी  युवा वर्गको काँधमा रहेको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा आगामी जेढ ९ देखि ११ गतेसम्म हुने दशौ महाधिवेशनको पूर्व सन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै उहाँले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउनुभयो ।

नेकपा एमालेले पार्टीका सवै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाई रहेको बताउँदै उहाँले यसबाट नयाँ चिन्तन भएका युवा पुस्ताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई आधुनिक एवम् प्रविधिमैत्री बनाउँदै युवा वर्गको आकर्षण बढाउनु पर्नेमा उहाँको जोड थियो ।

 मुलुकमा राजनीतिक अस्थिरताको कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भन्नुभयो देशलाई अव राजनीतिक स्थायित्वको दिशामा अघि वढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।

मुलुकको समग्र विकासको पक्षमा उभिएको कारण अहिले एमाले माथि चौतर्फी आक्रमण भएको वताउँदै उहाँले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि वढेको बताउनुभयो ।

सुचना तथा सञ्चार प्रविधि मन्त्री एवम् नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले मुलुक मौलाएको व्यथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार मुलुकमा सुशासन सहित विकास निर्माणमा जुटेको बताउनुभयो । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को निती तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली संकल्पलाई अघि बढाएको बताउँदै उहाँले उक्त अभिभारा पुरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो । युवा वर्ग उद्यमशिल  बन्नु पर्नेमा उहाँको जोड थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जन संगठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति संगठित र संयमित भएर पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै कार्य मुल्याङ्कन र क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताउनुभयो । जनवर्गीय संगठनलाई चुस्त र दुरुस्त बनाउँदै मिसन ८४ पार्टीलाई वहुत ल्याउने तयारीमा जुट्न आग्रहण गर्नुभयो ।

नेकपा एमाले केन्द्रिय सदस्य एवम् युवा संघ नेपालका इञ्चार्ज राजिव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गैरहेको दशौ राष्ट्रिय महाधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सुशासन, समृद्धि, राष्ट्रियता, नविनता, सिर्जनशिलता र गतिशिलता भन्ने नारा सहित आगामी जेठ महिनाको ९ देखि ११ गतेसम्म पोखरामा हुन गहिरेको दशौ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ जना प्रतिनिधिको सहभागिता रहने युवा संघ नेपालका केन्द्रीय अध्यक्ष थितिज थेवेले जानकारी दिनुभयो ।

कार्यक्रममा संघ केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले विशेष गरि महाधविेशन संगठन सुदृढिकरण, जववायु परिवर्तन र उद्यमशीलता एवम् उत्पादनलाई जोड दिनमा केन्द्रित रहने बताउनुभयो । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस