८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछः ट्रम्प

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछः ट्रम्प
President Donald Trump speaks before Steve Witkoff is sworn as special envoy during a ceremony in the Oval Office of the White House, Tuesday, May 6, 2025, in Washington, as Vice President JD Vance watches. (AP Photo/Mark Schiefelbein)
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भन्नुभएको छ ।

यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् ।

चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक नोक्सानी नभोग्ने बताउनुभयो ।

“हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु”, आगामी वार्ताका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो ।

ओभल अफिसमा चीनलाई वार्ता टेबलमा फर्काउन भन्सार महसुल घटाउने विचार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उहाँले सिधै ‘विचार गरेको छैन’ भनेर जवाफ दिनुभयो ।

उहाँले अमेरिकाले यस हप्ताको व्यापार वार्ताको पहल गरेको हो भन्ने चीनको दाबीलाई अस्वीकार गर्नुभयो । “उनीहरूले भने हामीले पहल गरेको रु म लाग्छ उनीहरूले फर्केर आफ्नो फाइलहरू अध्ययन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजारहरू केही मात्रामा घटेका छन् र भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि नै धेरैजसो रोकिएको छ । तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीहरूबीचको यस हप्ताको बैठक त्यसयता पहिलो औपचारिक वार्ताको चरण हो ।

यसैबीच फेडरल रिजर्वका अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको परिणामले अमेरिकी अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताउनुभयो ।

“हामी एउटा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ जहाँ प्रशासनले हाम्रा थुप्रै महत्त्वपूर्ण व्यापारिक साझेदारहरूसँग वार्ता सुरु गरिरहेको छ । त्यसले आर्थिक परिदृश्यलाई भौतिक रूपमा परिवर्तन गर्ने क्षमता राख्छ — वा नराख्न पनि सक्छ”, सिएनएनले पावेललाई उद्धृत गर्दै जनाएको छ ।