२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ४० लाख ३२ हजार बरामद



अ+ अ-

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने भारत कोलकाताका सुरज दत्त र चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्नेरूपन्देही देवदह नगरपालिका घर भएका धर्मप्रसाद ढकाल छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भूइँ तलाबाट पक्राउ गरेको हो । उनीहरुका साथबाट ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान बरामद भएको छ ।

हुण्डी कारोबारमा संलग्न उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।