२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले पनि थाल्यो मंगल खोज अभियान, अन्तरिक्ष यान प्रक्षेपण



अ+ अ-

टोकियोः मंगल ग्रहको अवस्थितिको अध्ययन गर्ने उद्देश्यले अरब मुलुक युनाइटेड अरब ईमिरेट्स (युएई)को पहिलो अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ । जापानको दक्षिणी तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको यस यानको नाम “होप (आशा)” राखिएको छ ।

मानवविहीन यस खोज अभियानलाई अरबी भाषामा “अल–अमाल” भनिएको छ । मंगल ग्रहको खोज अभियानमा रहेको यो इमिराती परियोजना अघि सार्ने युएई तेस्रो मुलुक हो । यसअघि संयुक्तराज्य अमेरिका र चीनले यस्तो यान प्रक्षेपण गरिसकेका छन् ।

यो यानले सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहको कक्षमा प्रवेश गर्नेछ ।