९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘नीति तथा कार्यक्रममाथि सत्ता पक्षको समर्थन, विपक्षीको आलोचना’

‘नीति तथा कार्यक्रममाथि सत्ता पक्षको समर्थन, विपक्षीको आलोचना’
अ अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्ष र विपक्षी सांसदहरुले नीति कार्यक्रमको समर्थन र आलोचना गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको, जनतामा आशा जगाएको तथा विकासको ढाँचा बदल्ने सङ्कल्प लिएको बताउनुभयो । विपक्षी सांसदहरुले नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न नसक्ने र  शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने टिप्पणी गर्नुभयो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद इन्दिरादेवी गौतमले संविधान जारी भएपछिको पहिलो सरकारले सुरु गरेका आर्थिक विकास र समृद्धिका लागि रुपान्तरणकारी योजनालाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको बताउनुभयो । “त्यसयता थालनी गरिएका राम्रा कार्यक्रम तथा नीतिलाई अघि बढाउने प्रतिबद्धता यसमा प्रस्ट देखिन्छ”, उहाँले भन्नुभयो ।

एमाले सांसद सुमित्रा बिसीले मुलुकको आर्थिक स्थितिअनुसार कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्रै नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । विगतका नीति तथा कार्यक्रममा आएका विषय कार्यान्वयन नहुँदा जनतामा नैराश्यता पैदा भएको अवस्था अन्त्य गर्न अहिले प्राथमिकता तोकेर कार्यान्वयन गर्न सकिने विषय मात्रै नीति तथा कार्यक्रममा आएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले प्रस्तुत नीति तथा कार्यक्रम विगतभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणको ठोस कार्यदिशा अघि सार्ने र नागरिकमा रहका निराशालाई चिरेर आशा जगाउने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसकै सांसद जीतजङ्ग बस्नेतले समावेशी र दिगो आर्थिक वृद्धि तथा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धिलगायत थुप्रै योजना नीति तथा कार्यक्रममा समेटिएका बताउनुभयो ।

कांग्रेस सांसद कमला पन्तले आर्थिक समाजिक रुपान्तरण, दीर्घकालीन राजनीतिक स्थिरता, सुशासन र न्यायपूर्ण समाज तथा नतिजामूलक आर्थिक विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

कांग्रेस सांसद युवराज शर्माले तीव्र आर्थिक विकास र सुशासन प्रवद्र्धनको भरोसा दिलाउँदै नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभयो । कांग्रेस सांसद गुर्गा गुरुङले जनतामा पैदा भएको निराशा चिर्ने, राज्यप्रतिको भरोसा बढाउने, आर्थिक गतिशीलतालाई बढवा दिने, भ्रष्टाचार नियन्त्रण गर्दै दण्डहीनताको अन्त्य गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गङ्गाकुमारी बेल्बासेले नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसकेको, राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न गर्ने योजना नआउनु विडम्बना भएको बताउनुभयो ।

माओवादी केन्द्रका सांसद सुरेश आले मगरले दुई तिहाइको सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम दिशाहीन र गन्तव्यविहीन भएको टिप्पणी गर्नुभयो । “नीति तथा कार्यक्रमले जनतालाई झन् निराशा बनाएको छ, जनउपेक्षा पूरा गर्ने आधार देखिँदैन”, उहाँले भन्नुभयो । माओवादी केन्द्रका सांसद तारामान स्वाँरले प्रस्तुत नीति तथा कार्यक्रमले देशको आवश्यकता, सबै नागरिक र सरोकारवालाको हितलाई प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो ।

माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको र जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने ठोकुवा गर्नुभयो । माओवादी केन्द्रका सांसद श्रीकृष्णप्रसाद अधिकारीले प्रस्तुत नीति तथा कार्यक्रमले महिला, दलित, मुस्लिम, थारू, सीमान्तकृत, उत्पीडित र विपन्न समुदायको माग र मुद्दाप्रति आँखा चिम्लेको टिप्पणी गर्नुभयो । माओवादी केन्द्रकै सांसद विष्णुबहादुर विश्वकर्माले अघिल्लो सरकारले ल्याएको जनपक्षीय कार्यक्रम किन कटौती भयो ? भनी प्रश्न गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सांसद उदयबहादुर बोहराले नीति तथा कार्यक्रमले सुशासन प्रवद्र्धन, उच्च आर्थिक वृद्धि, जनअपेक्षा सम्बोधन नसक्ने बताउनुभयो । “नीति तथा कार्यक्रमले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणको ठोस योजना अघि सार्ने तथा आमनागरिकलाई सुशासनको प्रत्याभूति दिन सक्दैन”, उहाँले भन्नुभयो ।

एकीकृत समाजवादीका सांसद गोमादेवी तिमिल्सिनाले नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने उल्लेख गर्दै सदनमा छलफलका क्रममा आएका सुझावलाई सकारात्मक रुपमा लिएर संशोधन गर्न आग्रह गर्नुभयो । एकीकृत समाजवादीकै सांसद सावित्री मल्लले दिगो विकास तथा १६औँ पञ्चवर्षीय योजनाको लक्ष्य हासिल गर्ने विषय नीति तथा कार्यक्रममा नआएको बताउनुभयो ।

एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले झण्डै दुई तिहाइको शक्तिशाली सरकारबाट आर्थिक, सामाजिक र सुशासन क्षेत्रमा दिशानिर्देश गर्नेगरी ऐतिहासिक र नमूना कार्यक्रमको पर्खेर बसेको सांसद र अर्थतन्त्रमा आएको शिथिलताका कारण निराश आमजनतामा आशा जगाउन कुनै कार्यक्रम घोषणा नभएको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले कृषि क्षेत्रको रुपान्तरण, सङ्घीयताको सुदृढीकरण, फजुल खर्च रोक्न विशेष योजना, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी विषय नीति कार्यक्रममा नआएको बताउनुभयो । जसपा नेपालकै सांसद मृगेन्द्रकुमार सिंह यादवले पछाडि परेको क्षेत्र र वर्गलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमाथिको छलफल नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ दिनेगरी निर्धारण गरिएको जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।