५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको उहाँको आरोप छ । अध्यक्ष नेपालले सकरारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बहीन हुन पुगेको जिकिर गर्नुभयो । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘सरकार फेरबदल भन्दा पनि परम्परा धान्ने गरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रश्तुत गरिएको छ । विगतमा जसरी सरकार परिणाम बिहीन थियो, अब उद्देश्य बिहीन पनि भएको अवस्था छ । विगतका राम्रा कुरलाई पनि छोडेको छ । पुराना कुराहरुको पुनरावृत्ति पनि गरेको छ । गतिहिन र यथास्थितिवादी अवस्थामा छ । यो सरकारको विकल्प त खोज्नुपर्छ । तर विकल्प खोजेर पार लाग्दैन । किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ । दुई वटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन । यो सरकारले यो व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची देखाएको छैन । त्यसकारण यो मुलुकको निम्ति बोझ बनेको छ ।’

अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाउनु भयो ।