७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको उहाँको आरोप छ । अध्यक्ष नेपालले सकरारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बहीन हुन पुगेको जिकिर गर्नुभयो । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘सरकार फेरबदल भन्दा पनि परम्परा धान्ने गरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रश्तुत गरिएको छ । विगतमा जसरी सरकार परिणाम बिहीन थियो, अब उद्देश्य बिहीन पनि भएको अवस्था छ । विगतका राम्रा कुरलाई पनि छोडेको छ । पुराना कुराहरुको पुनरावृत्ति पनि गरेको छ । गतिहिन र यथास्थितिवादी अवस्थामा छ । यो सरकारको विकल्प त खोज्नुपर्छ । तर विकल्प खोजेर पार लाग्दैन । किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ । दुई वटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन । यो सरकारले यो व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची देखाएको छैन । त्यसकारण यो मुलुकको निम्ति बोझ बनेको छ ।’

अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाउनु भयो ।