६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ: नेता निधि



अ+ अ-

सर्लाही। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेस नै रहेको बताउनुुभएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आज सहिद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा कांग्रेसलाई बढी रहेको बताउनुुभएको हो । यो व्यवस्थालाई जोगाइ रहन सके मात्र सहिदप्रति उच्च सम्मान हुने भन्दै नेता निधिले कांग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको जिकिर गर्नुभयो ।

संयुक्त सरकार रहेको बेला सबै कुरा आफ्नो पार्टीले भनेको नहुने भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले अबको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको सात बुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जाने बताउनुुभयो ।

पार्टीका पूर्वउपसभापति निधिले पछिल्लो समय मधेस प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुरा आइरहेको भन्दै प्रदेशलाई नै बद्नाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

विसं २०५९ वैशाख २१ गते तत्कालीन विद्रोही पक्षले घाँटी रेटेर हत्या गरेका पार्टी नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकदको सालिक अनावरण गरिएको हो ।

कार्यक्रममा कांग्रेस नेता एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गङ्गीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । रासस