५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामनाः आवाज नथुनिऊन्, कलम नथाकून्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उहाँले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति हार्दिक सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो ।

“‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो–जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्, कलम बन्दुकभन्दा बलियो हुन्छ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आवाजहरू नथुनिऊन्, कलमहरू नथाकून् र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून् ।”

आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभरि नै मनाइँदैछ । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।