७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

देशका मुख्य नदीहरुमा जल सतह घट्दो

देशका मुख्य नदीहरुमा जल सतह घट्दो
अ+ अ-

काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । 

कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायतक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताउनुभयो । 

यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो । गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो । अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । 

आगामी २४ घण्टामा प्रदेश नम्ब १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताउनुभयो । 

महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो । गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उहाँले बताउनुभयो । गत वर्ष १ सय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो ।