११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस: परिवारको भविष्य खोज्नेहरु…

सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस: परिवारको भविष्य खोज्नेहरु…
अ अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पुर्याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो । त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहनुभएको थियो ।

तर, विगत पाँच वर्षयता भने उहाँ जस्तै वीरगञ्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ । अहिले ४७ वर्षे महतोलाई वीरगञ्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाउनुहुन्छ । “२० साल अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तब्यमा पुर्याउन भ्याइनभ्याई हुने गथ्र्यो । त्यतिबेला पनि आम्दानी पनि राम्रै हुने गथ्र्यो,” उहाँले भन्नुभयो, “अचेल त चोक–चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ । अचेल त दिनको रु ७०० कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ ।”

तीन छोरी र दुई छोराका पिता महतोलाई रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोख्नुभयो । “अहिले महङ्गीले आकाशै छुम्ला जस्तो गरिसक्यो । बिहान ०३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिदा पनि मुस्किले रु ७०० कमाउन धौ धौ भइसकेको छ,” उहाँले भन्नुभयो, “त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ ।” यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन् । अधिकांश रिक्सा चालकले दैनिक औसतमा रु १५० देखि रु २०० भाडा तिरेर साहूको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन् ।

“रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तब्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुची देखाउँदैनन्,” रिक्सा चालक महतोले भन्नुभयो “मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र रु”

वीरगञ्जको घण्टा घर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा रु १० मात्र नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तिमा पनि रु ३० पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाईमा भने अचेल रिक्सा खासै पर्दैन । उहाँले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोख्नुभयो । “५० हजार पर्ने रिक्सा त आफैं किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो ।” चालक महतोले भन्नुभयो ।

प्राचीन तथा व्यापारिक सहर वीरगञ्ज बजारमा पहिला जस्तो रिक्सा गुड्न पनि कमी आएको छ । अहिले वीरगञ्जमा औषतमा २०० भन्दा धेरै रिक्सा चालक रहेका छन् । वीरगञ्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षे बसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताउनुभयो । “अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,” उहाँले भन्नुभयो, “रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन । तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि ।”

वीरगञ्जमा नेपाली नागरिक मात्रै नभएर भारतीय नागरिक पनि रिक्सा चलाउँदै आइरहेका छन् । भारतको विहार राज्यअन्तर्गतको बेतिया जिल्लाका ६० वर्षे सुरेश रामको अनभुवमा पनि पछिल्लो समय रिक्साका चढ्ने यात्रु घटेको अनुभव सुनाउनुहुन्छ । “मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्योभन्दा पनि हुन्छ,” उहाँले भन्नुभयो, “वीरगञ्जमै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो । तर अचेल रिक्सा चढ्ने यात्रुभने घटेको घट्यै छन् । यस्तै अवस्था रहीरह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ” उहाँले भन्नुभयो, “बेटरीवाला अटोरिक्साले हाम्रो काम जति सबै खोसेका छन् । कसरी टिक्नु खोई १” रिक्साचालक रामका अनुभवमा अटोरिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन ।‘छोटो रुट, अटोरिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सापर्ने गर्छ,” उहाँले भन्नुभयो,“पहिले त रिक्सा चढ्न हानाथाप हुने गथ्र्यो । अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन् ।”

पछिल्लो समय वीरगञ्जमा रिक्सा र टाँगा हराउँदै पनि गइरहेको छ । वीरगञ्ज आसपासमा टाँगा र रिक्सा न्यून सङ्ख्यामा मात्रै सडकमा देखिन्छन् । पछिल्लो समय युवा पुस्ता भने इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थबाट चल्ने अटोरिक्सा चलाउनेतर्फ आकर्षित भइरहेका छन् वैदेशिक रोजगारीबाट फर्किएका युवा भने धमाधम अटोरिक्सा ९टेप्पो०तर्फ आकर्षित भइरहेका छन् ।

वीरगञ्ज महानगर–१५ नगवा मोहम्मद सविरु पनि वैदेशिक रोजगारीको लागि तीन वर्ष युनाइटेड अरब इमिरेट्स जानुभयो । तर यहाँको खासै रमाउन नसकेपछि एक वर्षदेखि वीरगञ्ज बजारमा भाडाको अटो रिक्सा चलाउँदै आइरहनुभएको छ । “अरबको खाडी सहर दुबईभन्दा त आफ्नो घरआँगनमा अटो रिक्सा गुडाउँदा झनै रमाइलो लाग्ने रैछ,” उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “दुबईमा भन्दा यहाँ आठ–दश हजार आम्दानी कम होला तर, परिवारको साथै बसेर काम गर्दा छुट्टै आनन्द महसुस हुने गरेको छ ।” सबिरुले दैनिक रु ७०० भाडा तिरेर भाडाको अटो रिक्सा गुडाउँदै आइरहेको बताउनुभयो । “पहिला–पहिला रिक्सा चढ्ने खुवै भेट्टिन्थे,” उहाँले भन्नुभयो, “अचेल छिटो र सस्तो अटोरिक्सा हुने भएकाले सबैको रोजाइमा त्यही पर्ने गर्छ ।” उहाँले अटोरिक्सा चलाएर दैनिक औसतमा दुई हजारसम्म आम्दानी गर्न सकिने बताउनुभयो । “अहिले अटोरिक्सा चलाएर परिवारलाई खुसीपूर्वक पालनपोषण गर्दै आइरहेको छु,” उहाँले भन्नुभयो ।

वीरगञ्जमा १० वर्षदेखि इलेक्ट्रिक रिक्सा चलाउँदै आउनुभएकी निशाचन्द्र ठकुरी पनि ईरिक्साको पनि आम्दानी पनि घटेको अनुभव सुनाउनुहुन्छ ।“यहाँ अहिले पाइला–पाइला अटोरिक्सा र इ–रिक्सा पाइने भएकाले पनि कमाई घट्दै गइरहेको छ,” उहाँले भन्नुभयो, “अहिले त दैनिक रु एक हजार ५०० आम्दानी गर्न पनि मुस्किल भइरहेको छ,” उहाँले भन्नुभयो, “टेप्पो र अटोरिक्सा चालकको हानाथापको कारणले पनि कुनै बेला त रित्तै पनि गुडाउनुपर्ने बाध्यता आइसकेको छ ।” चन्द्र वीरगञ्जमा पहिलो महिला इ–रिक्सा चालकको रूपमा परिचित हुनुहुन्छ । उहाँले इ–रिक्सा चलाउन थाल्दा वीरगञ्जमा १० वटा मात्रै इ–रिक्सा गुड्ने गरेको दावी गर्नुहुन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट वीरगञ्ज बजार क्षेत्रमा अत्यधिक मात्रामा अटोरिक्सा चल्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको बताउनुहुन्छ । “वीरगञ्जबजार क्षेत्रमा यात्रु ओसार्ने सवारीसाधन भनेकै अटोरिक्सा हो । स–साना सवारीको कारणले पनि पिकआवरमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिदैँ आइरहेको छ ।” वीरगञ्ज बजार क्षेत्रमा अटोरिक्सा, रिक्सा, टाँगा र दुईपाङ्ग्रे सवारीसाधन अत्यधिक मात्रामा गुड्ने गर्छन् । यसको कारणले पनि पछिल्ला समय यहाँका सडक अटोरिक्सा र ससाना सवारीसाधनले भरिभराउ हुने गरेका छन् ।

वीरगञ्ज महानगर आसपासमा चल्ने अटोरिक्साको एकिन तथ्याङ्क भने छैन । यद्यपी यहाँका सरोकारवाला निकायले भने करिब चार हजारको हाराहारीमा गुड्ने अनुमान गर्छन् । वीरगञ्ज महानगर सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ताले महानगरमा ७५० को हाराहारीमा अटोरिक्सा दर्ता भएको बताउनुभयो । “पर्साका १४ वटै पालिकाबाट वीरगञ्जमा अटोरिक्सा चल्ने भएकाले पनि सङ्ख्या एकिन गर्न र व्यवस्थापनमा पनि चुनौती थपिदैँ आइरहेको छ,” उहाँले भन्नुभयो, “जनशक्तिको अभावको कारणले पनि अटोरिक्सा तथा टेप्पोलाई व्यवस्थित गर्न समस्या भइरहेको छ ।” रासस