७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको अनसनप्रति साझाको ऐक्यबद्धता

‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको अनसनप्रति साझाको ऐक्यबद्धता
अ+ अ-

कोरोना महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै अनशनरत  ‘इनफ इज इनफ’ अभियानसम्बद्ध युवाहरूप्रति साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । अभियानसम्बद्ध युवाहरू बिगत ६ दिनदेखि दोस्रो पटक अनशन बसिरहेका छन्। केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका कयौँ जायज मागहरू राख्दै दुईजना युवाहरू ईः र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए। सरकारले ती मागहरू पुरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए।

तर सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न ईः, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह सुरू गरेका छन्। सहप्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले आम सर्वसाधारणको मागविना आफै गर्न पर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेका छन्। तर सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त छन्। देश र जनताप्रति उनीहरूको कुनै संवेदनशीलता देखिँदैन।’

संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध भएको साझाले जनाएको छ । ‘सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले अनशनरत युवाहरूप्रति देश–विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ ऐक्यवद्धता प्रकट गर्न आग्रह पनि गरेको छ।