९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको बताउनु भयो । उहाँले कुनै डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गर्नुभयो । महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा उक्त सीप र क्षमताले लाखौँ कमाउने सपना पुरा हुने बताउनु भयो । उहाँले विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गर्नुभयो । उहाँले ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसङ्ग याद आउँछ । त्यो प्रसङ्ग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने मेरो इमाजिनेशनको कुरा मैले गरे, कतिलाई रमाइलो कुरा पनि भयो । तर, त्यो इमाजिनेशन हो, त्यो ड्रिम हो , सम्भव छ । सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ, त्यो नलेज इकोनोमीमा चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर सिलिकन भ्यालीले उसलाई अनुमोदन नगर्दा पनि एआई मा च्याटजीपीटीसँग कम्पिटिसन गर्न सक्छु भन्ने ठाउँमा पुग्दै गर्दा खेरी त्यो केले बनाएको छ ? सब ठाउँमा सम्भावनाको नेटवर्क खुलेको छ ।’

उहाँले ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित हुन नहुने बताउनु भयो । – न्युज एजेन्सी नेपाल