७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही महिनाभित्रै राजसंस्था पुनःस्थापना हुने कमल थापाको दाबी



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गर्नुभयो । उहाँले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताउनु भयो । सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि लाग्न आग्रह गर्नुभयो । उहाँले राजसंस्था पुनस्र्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ । केही हप्ता, केही महिनाभित्रैमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्र्थापना गर्न सकिन्छ । एक पटक प्रयास गरेर हेरौँ । एकपटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौँ । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् । अहिले कसैले चाहेर वा नचाहेर देश दुई वटा राजनीतिक कित्तामा बाँढिएको छ । वैचारिक कित्तामा । अहिले देश राजासहितको प्रजातन्त्र वा गणतन्त्र भन्ने दुईवटा कित्तामा प्रष्टरुपमा बाँढिएको छ । म सरकारलाई प्रष्ट पार्न चाहन्छु । तपाईहरुको षड्यन्त्र जनताले प्रष्टसँग बुझेका छन् । तपाईहरुले सिर्जना गरेको भ्रमबाट नेपाली जनता त्रसिद हुने अवस्था छैन । तपाईहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने अभियान अब चाँडै न नयाँ ढंगबाट शसक्त रुपमा अगाडि बढ्नेछ ।’

अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाउनु भयो ।