९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित

अध्यक्ष लिङदेनको आग्रह– आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं

अध्यक्ष लिङदेनको आग्रह– आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले यस्तो जोड दिनुभएको हो । राप्रपा अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताउनु भयो ।

उहाँले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाउनु भयो । उहाँले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राख्नुभयो । सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उहाँले दाबी गर्नुभयो । अध्यक्ष लिङ्देनले आग्रह÷पूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज देश विशिष्ट परिस्थितिका बीचबाट अगाडी बढिरहेको छ । हामीले हाम्रो आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको छ । भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै होइन, हाम्रो र हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको छ । यस्तो बेलामा देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी छ । अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन । अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यस कारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह, पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडी बढौँ । राप्रपा सदैव तयार छ ।”

अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताउनु भयो । उहाँले सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा साथीहरू, जसले राजसंस्थाको पक्षमा आवाज उठाउनु भयो, उनीहरूलाई खोजी खोजी कष्टडीमा राखिएको छ । मानवअधिकार, लोकतन्त्रका कुरा गर्नेहरूले चैत १५ गते मानवअधिकारको कसरी खिल्ली उडाए, लोकतन्त्रको खिल्ली कसरी उडाए, त्यसको साची आज हामी ठिक ढङ्गले चल्न नसक्दा खेरी यी सबै प्रकारका अन्यायहरू, निरङ्कुशताहरू, सहन बाध्य जस्ता भएका छौँ । त्यस कारण, यस प्रकारका अलोकतान्त्रिक, मानवअधिकार विरोधी गतिविधिका विरुद्ध हामीले सशक्त गतिविधिहरू अगाडी बढाउन जरुरी छ । त्यसको लागि योजना रणनीति निर्माण गर्न जरुरी छ । त्यसका लागि हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ ।”

उहाँले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गर्नुभयो ।