१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपश्चिम समाज मेरिल्याण्ड अमेरिकाको नयाँ कार्यसमिचि चयन



अ+ अ-

काठमाडौं । नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाले २०२५–२०२७ नयाँ कार्यसमिति  चयन गरेको छ ।

कृष्ण चन्दको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल, उपाध्यक्ष राजन देवकोटा ,महासचिवमा लोकेन्द्र वली,कोषाध्यक्षमा तिला खत्री सचिव खेमराज थापा चयन हुनु भएको छ । सदस्यहरूमा रमेश क्षेत्री, योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, र बसन्त गिरी तथा केशव देवकोटा चयन हुनु भएको छ ।

सल्लाहकार समिति संयोजकमा राजन सुनार अन्य सदस्यहरु बासुदेव पोखरेल,उत्तम गौली,हिक्मत बिक,राज बोहोरा,प्रशाराम देवकोटा, शंकर ओली,कन्हैया सिंह परियार,श्याम गुरुंग,बाबुराम भट्टाराई,दीपेश रावत,नेत्र अधिकारी, लक्ष्मीराम शाह ,जस्विर कुमाल ,दामोदर पोखरेल र शोभा गौतम सर्वसम्मत चयन हुनुभएको छ।

नयाँ कार्यसमितिले सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएको छ। संस्थाले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

नयाँ कार्यसमितिले शिक्षा, स्वास्थ्य, युवा सशक्तिकरण, महिला सहभागिता, र कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका अभियानहरू सञ्चालन गरिने योजना बनाइएको छ। नेपाली भाषा, भेषभूषा, लोकसंस्कृति र मौलिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिएको छ।

त्यस्तै, खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासित, सिर्जनशील र सकारात्मक दिशातर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ। नियमित फुटबल, भलिबल तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।